coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य

मोरङ –  मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन्। 

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । 

रु तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस 

प्रकाशित: २४ चैत्र २०७३ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App