coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रधानको आपत्ति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका सर्न्दभमा महासंघका केही वर्तमान पदाधिकारीहरुले संस्थाको विधान तथा आचारसंहिता विपरीत कार्य गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका किशोर प्रधानले गम्भीर आपत्ति जनाएका छन्। बुधबारको सम्मेलनमा प्रधानले उनीहरुको क्रियाकलापले महासंघको गरिमा र मर्यादाउपर गम्भीर आँच आएको बताए।

वर्तमान अध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्षहरुले महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उनको समूहको पक्षमा प्रचारप्रसार गरेको भन्दै यो महासंघको आचार संहिता विपरीत भएको प्रधानको आरोप छ। 

'आफ्नो पदको मर्यादा विपरीत एक पक्षका उम्मेदवारलाई सार्वजनिक रुपमा नै 'मेरो टिम' भन्दै मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको छ,' प्रेश विज्ञप्तिमा प्रधानले भनेका छन्, 'महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्देश्य राखी गरिएको विधान संशोधनका प्रावधानलाई महासंघको नेतृत्वमा आफ्नो कब्जा जमाउने प्रयासले महासंघको गरिमामा आँच पुग्नेछ।'

प्रकाशित: २४ चैत्र २०७३ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App