coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘पैसाले सबै सम्भव छैन’

हेलसिन्की– युरोपेली फुटबल संघ युइएफएका अध्यक्ष अलेक्जेन्डर सिफ्रिनले बुधबार पैसाले मात्र सबै कुरा सम्भव नहुने भन्दै युरोपका शीर्ष क्लबलाई छुट्टै सुपर लिग गर्न नदिने फेरि दोहोर्याएका छन् ।
उनले युइएफएका एसोसिएट सदस्यहरूलाई ‘सोलिड्यारिटी पेमेन्ट’ स्वरूप एक मिलियन युरो दिने वचनसमेत दिएका छन् ।
सिफ्रिन गत सेप्टेम्बरमा युुइएफए प्रमुखमा निर्वाचित भएका थिए । उनी निर्वाचित भए लगत्तै  युइएफएले च्याम्पियन्स लिगमा केही परिवर्तन गर्ने घोषणा गरेको थियो । जसअनुसार युरोपका शीर्ष लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने टोलीको संख्या बढ्ने र साना लिगहरूलाई छुट्याइएको संख्या घट्ने देखिन्छ ।
युरोपका शीर्ष क्लबले छुट्टै सुपर लिग गर्ने तयारी गरेपछि युइएफएले च्याम्पियन्स लिगमा गरेको परिवर्तन कार्यान्वयनमा ल्याएको थियो ।
क्लबले गर्ने आम्दानी, दर्शकको उपस्थिति र आर्थिक कठिनाइका आधारमा प्रिमियर लिग र बुन्डेसलिगाजस्ता युरोपका शीर्ष लिग र साना लिगमा ठूलो खाडल रहँदै आएको छ ।
सिफ्रिनले अर्को पाँच वर्षका लागि युरोपमा फुटबल विकासका लागि ‘रणनीतिक दृष्टि’ तयारी गर्नका लागि युइएफएले क्लब, लिगका प्रतिनिधि र खेलाडीहरूसँग छलफल गर्ने बताए ।
‘यो पाँच वर्षे योजना कुनै एक लिग वा क्लबलाई मात्र केन्द्रित हँुदैन जुन विगतमा हुँदै आएका थिए ,’ सिफ्रिनले युइएफए बैठकमा भने, ‘यो कुनै अदृष्य कर्मचारीले तयारी गर्ने पत्र होइन ।’
 सिफ्रिनले युइएफए हकदारसँग डराउन नहुने बताउँदै क्लब र लिगलाई चेतावनी दिएका हुन् ।
‘केही क्लबलाई मैले भन्नैपर्ने हुन्छ कि यहाँ कुनै छ्ट्टै लिग हुँदैन । यो सामान्य कुरा हो । यो हाम्रो मान्यता र योजनासँग मिल्दैन,’ उनले भने, ‘म केही लिगलाई भन्न चाहन्छु, हामी उनीहरूलाई सानो लिगलाई हेप्न दिँदैनांै । हामी सबैसँग सहकार्य गर्दै क्लब र लिगमा भएका असमानतालाई पहिचान गर्ने सक्दो प्रयास गर्नेछौं ।’ उनले अगाडि थपे, ‘विभाजन गर्नुलाई गलत रूपमा बुझ्न भएन । पैसाले सबै कुरा सम्भव छैन । ’

 

प्रकाशित: २४ चैत्र २०७३ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App