coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप फुटबल सुरु

खोटाङ– खोटाङमा सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरे । 

आयोजक दिक्तेल फुटबल क्लब र नमूना स्पोर्टस् क्लब लफ्याङबीच भएको उदघाटन खेलमा ‘टस’मा नमूना स्पोर्टस् क्लब बिजयी भएको छ । ट्राइब्रेकरमा दुबै टिमको १५÷१५ गोल भएपछि ‘टस’मा नमूनाको जीत भएको प्रतियोगीताका संयोजक सागर जोशीले बताए । निर्धारित खेलमा दुबैतर्फबाट १÷१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । 

आगामी चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका बिजेताले नगद १ लाख ११ हजार १११, उपबिजेता टिमले नगद ५५ हजार ५५५ र दुई सेमीफाईनलिस्टले २१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीतालाई आगामी दिनमा क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगसम्मका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने लक्ष्य राखिएको छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि रनिङ कपको अवधारणा अघि सारिएको सहसंयोजक एबं दिक्तेल फुटबल क्लवका अध्यक्ष सगुन ताम्राकारले बताए । रनिङ कपलाई जिल्लालाई चिनाउने र जिल्लाकै गर्वको प्रतियोगीताका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । दिक्तेल नगरपालिका लफ्याङका मृतक छात्र नर्सरीमा अध्ययतरत थिए । 

 

प्रकाशित: २४ चैत्र २०७३ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App