८ वैशाख २०८१ शनिबार
कला

थिएटर मलमा 'आन्दोलन'

काठमाडौं- देशमा स्थानीय तहको चुनावी माहोल बनिरहँदा राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा भने आगामी चैत २४ गतेबाट 'आन्दोलन' सुरु हुने भएको छ। १९ दिनसम्म चल्ने 'आन्दोलन' वास्तविक आन्दोलन नभई थिएटरमा आबद्ध कलाकारहरुले अभिनय गर्ने नाटक हुनेछ।

युवा रंगकर्मी सुदाम सिकेले 'आन्दोलन'को निर्देशन गर्नेछन्। निर्देशक सिकेका अनुसार २०४६ तथा २०६२/६३ को जनआन्दोलन चैत २४ बाटै सुरु भएकाले त्यसकै झल्को दिन नाटकलाई पनि त्यही दिन मञ्चन गर्न लागिएको हो। नाटकलाई सौरभ कार्कीले लेखेका हुन्।

नाटकमा रियर राई, संयोग गुरागाईं, इ“गिहोपो कोइ“च सुनुवार, सिजन दाहाल, मिलन कार्की, विनिता गुरुङ र सुदिप खतिवडाको अभिनय रहनेछ। नाटकको नेपथ्यमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायतले सघाउने छन्।

नाटकघरका कला निर्देशक केदार श्रेष्ठले थिएटरमा नाटक मञ्चन भइरहँदा नाटकघर बाहिर फोटो पत्रकार दिपेन्द्र ब्रजाचार्यले २०६२/६३ को आन्दोलनका क्रममा खिचेका तस्बिरहरु प्रदर्शन गरिने बताए।

यो नाटक वैशाख ११ गतेसम्म हरेक सा“झ ठिक ५ः३० बजे र शनिबार दिउ“सो १ः३० बजे मञ्चन हुने निर्देशक सिकेले जनाए।

 

प्रकाशित: २४ चैत्र २०७३ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App