coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

राष्ट्रपति भण्डारी अामा भेट्न वृद्धाश्रममा

राष्ट्रपति विद्यादेवी भण्डारी आमा मिथिला पाण्डेसँग। तस्बिर अमर

इटहरी—राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा वृद्धा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्।

मिथिलाले छोरीसँग भेट्न पाउँदा खुसी लागेको बताइन्। ‘मेरो छोरीसँग भेटन पाउँदा अरु त खुसी हुन्छन अनि म त खुसी नहुने कुरै भएन्।’

२०६२ सालदेखि चतरामा श्री राम शान्ति कुञ्ज आश्रम खोलेर बस्दै आएकी मिथिला छोरीलाई स्वागत गर्न सरकारी निकायका अधिकारीसँगै लाममा बसेकी थिइन्। भण्डारीले आमालाई देख्नेवित्तिकै नमस्कार गर्दै सञ्चै हुनुहुन्छ? भनेर सोधिन्। अनि दुवै जना आमाछोरी अंकमाल गरे।

भण्डारी र मिथिलाले अंकमाल गरेलगतै जेठी नातिनी उषाकिरणले पनि अंकमाल गरिन्। आश्रममा बस्ने मिथिलाकी देउरानी यशोदा पाण्डेलाई पनि भण्डारी आमा–छोरीले नमस्कार गरि सञ्चो–विसञ्चो सोधेका थिए।

मिथिलाले छोरीसँग भेट्न पाउँदा खुसी लागेको बताइन्। ‘मेरो छोरीसँग भेटन पाउँदा अरु त खुसी हुन्छन अनि म त खुसी नहुने कुरै भएन्।’

७६ बर्षीया मिथिला पछिल्लो समय बेला बेलामा चतरा आश्रममा आएर बस्ने गरेकी छन्। उनी संस्थापक अध्यक्ष भएकाले गर्दा पनि जिम्मेवारी भएकाले गर्दा समय समयमा आउने गरेको बताइन्। मिथिलाकी छोरी भण्डारी राष्ट्रपति भएपछि पाँच महिनाजतिसँगै बसेकी थिइन्। ‘छोरीसँग केही समय बसेपछि अमेरिका गएर केही समय बसेँ, अहिले फेरि आश्रममा काम परेर आएको हुँ,’ मिथिलाले भनिन, ‘अब १० दिनपछि फेरि काठमाडौं फर्कन्छु । काठमाडौंमा आफ्नै पनि घर छ।’

भोजपुर बैकुन्ठे पुख्र्यौली घर भएकी मिथिला तराई झर्दा बराहक्षेत्रकै बाटो झर्ने गरेकोमा बराह भगवानले स्वइच्छाले बसेको ठाउँलाई रोजेर सुरुवातमा आश्रम खोलेको बताइन्।

मिथिलाका पति रामबहादुरको ३२ वर्षको उमेरमै निधन भएको थियो। त्यसपछि उनले चतरामा साहरा दिने कोही नभएको महिलाका लागि आश्रम खोलेकी हुन्। आश्रममा सुरुवातमा चार जना भएपनि अहिले भोजपुर, धनकुटा, मोरङ र सप्तरीका गरी दस जना छन्।

यीमध्ये तुलसी गिरी सिकिस्त बिरामी छन् । अहिलेसम्म आश्रममा बसेकामध्ये तीन जनाको आफन्त मृत्यु हुँदा समेत सम्पर्कमा नआएपछि संस्थाले दाहसंस्कार गरेको जानकारी दिइयो।

प्रकाशित: २३ चैत्र २०७३ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App