६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पानीको अभावमा चैते धान रोप्न समस्या

सप्तरी – पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ । 

जिल्लामा रहेका विभिन्न नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाइँमा समस्या आएको हो । 

चैतको पहिलो सातासम्ममा धान रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाइँ गर्न बाँकी रहेको हनुमाननगरका रामदेव यादवले बताए । केहीले पानीको अभाव भएपछि मेसिनबाट पानी तानेर रोपाइँ गर्न थालेका छन् । जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा रोपाइँमा समस्या आएको हो । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार जिल्लामा गत वर्ष एक हजार ४०० हेक्टरमा चैते धान लगाइएको थियो । दुई हजार ४०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै अघिलो वर्ष एक हजार २५८ हेक्कटरमा लगाइएको चैते धानबाट दुई हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो । रासस 
 

प्रकाशित: २३ चैत्र २०७३ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App