फ्रान्सद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठकका लागि आग्रह

बुधबार, २३ चैत २०७३, १५ : ४१ नागरिक

पेरिस – फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह गरेको छ । 

इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक विस्फोट गराइएको र सो घटनामा ११ बालबालिकासहित ५८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । उक्त संस्थाले घटनामा सत्तापक्षको सेनाको हात रहेको आशङ्का गरेको छ । 

प्रारम्धिक सूचनाअनुसार विद्रोही नियन्त्रित इदलिब प्रान्तमा मङ्गलबार बिहान गम्भीर प्रकारको रासायनिक पदार्थको प्रयोग गरी आक्रमण भएको र यसबाट बालबालिकासहित ठूलो सङ्ख्यामा सिरियाली सर्वसाधारणको मृत्यु भएको फ्रान्सका विदेशमन्त्री आयरुल्टले बताए । 

यसबारे सुरक्षा परिषद्मा छलफल हुन जरुरी देखिएकोले तत्काल बैठक बोलाउन राष्ट्रसङ्घलाई आग्रह गरे । उनले घटनालाई घृणास्पद यस घटनाको निन्दा गर्दै यसमा सम्बद्ध सबै राष्ट्र चुप रहनु वा खम्चिन नहुने बताएका छन् । 

यद्यपि सिरियाली वरिष्ठ सैनिक अधिकारीले घटनामा सेनाको संलग्नता नरहेको बताएका छन् । रासस/सिन्ह्वा 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad