८ वैशाख २०८१ शनिबार
समाज

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी


काभ्रे – पनौती नगरपालिका– १२ खोपासीका ५३ वर्षीय कृष्णदास उलकले च्याउखेती सुरु गरेको झन्डै ३० वर्ष भयो । 

सुरुमा च्याउको बजार नभएका कारण उनले व्यवसायिकता दिन सकेनन्। हाल उलकले च्याउखेतीबाटै वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन्। 

“च्याउखेती गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ,” उनले भने । हाल १० वटा टनेलमा च्याउखेती गरेर उनले १० जनाको परिवारको खर्च धान्दै आएका छन् भने ११ जनालाई रोजगारी समेत प्रदान गरेका छन् । 

उलकले पाँच रोपनी जग्गामा च्याउखेती गर्दै आएका छन् । युवा अवस्थादेखि नै अन्य जागिर छोडेर उनले च्याउखेती सुरु गरेका हुन् । परिवारसँग बसेर व्यवसाय सञ्चालन गर्दा निकै आनन्द आएको उनी बताउँछन्। 

“च्याउखेती गरेकै छोराहरुले समेत रोजगारी पाएका छन्” उलकले भने । उनले कन्या जातको उत्पादन गरेका छन् । सुरुमा उनले रु २० हजार लगानीमा च्याउखेती सुरु गरेका थिए । यथेष्ट आम्दानी हुन थालेपछि उलक व्यावसायिक च्याउखेतीतर्फ आकर्षित हुन् । 

“जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराए च्याउखेती गर्न थप उर्जा मिल्ने थियो,” उनले भने । सुरुवातमा उनले च्याउ खेतीसम्बन्धी किताब पढेर व्यवसायको थालनी गरेका थिए । उनले ‘जय हारती माँ’ नामक उद्योग सञ्चालन गरी अहिले मासिक ३० हजार किलो च्याउ उत्पादन गरेर बनेपा बजारमा बिक्री गरिरहेका छन् । रासस

प्रकाशित: २३ चैत्र २०७३ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App