८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘न्यूक्लियर वारको सम्भावना बढ्यो’

वासिङटन – अमेरिकी रक्षा मन्त्रालयले विश्वमा न्यूक्लियर वारको सम्भावना बढेको बताएको छ । उत्तर कोरियाले जापानको नर्थ सी क्षेत्रलाई आधार बनाइ मंगलबार मिसाइल परीक्षण गरेपछि विश्वमा न्यूक्लियर वारको सम्भावना बढेको बताएको हो । 

यस विषयमा बोल्दै जापानी प्रधानमन्त्रीले उत्तर कोरियाको यस प्रकारको गतिविधिले जापानको आन्तरिक सुरक्षामा खलल् पारेको र यसतर्फ अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुनुपर्ने माग राखेका छन् । 

'उत्तर कोरियाको न्यूक्लियर वार र मिसाइल परीक्षणको विषयलाई लिएर चीनले पनि दबाब दिनुपर्छ' 

त्यसैगरी चीनका प्रधानमन्त्री सि जिङ्ग पिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ता भएको भेटवार्ताका क्रममा अमेरिकाले उत्तर कोरियाको यस गतिविधिको रोकथामका लागि चीनले सहयोग नगरेमा त्यसको सामना एक्लै गर्ने धारणा व्यक्त गरेको थियो ।  

भेटवार्तामा ट्रम्पले उत्तर कोरियाको न्यूक्लियर वार र मिसाइल परीक्षणको विषयलाई लिएर चीनले पनि दबाब दिनुपर्ने धारणा राखेका थिए । 

दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले त्यहाँको स्थानीय समय अनुसार बिहान ६ बजे जापानको नर्थ सी क्षेत्रमा ६० किलोमिटर प्रति घन्टाकोको दरले मिसाइल परीक्षण गरेको थियो। परीक्षणका लागि उत्तर कोरियाले सिम्पोन सिपयाटको प्रयोग गरेको र त्यसको निगरानी अमेरिकाको स्याटलाइटले गरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।

यस अघि उत्तर कोरियाले जापानको इकोनोमिक जोनलाई आधार बनाएर मिसाइल परीक्षण गरेको थियो । भने पछिल्लो दुई महिनाको अन्तरालमा पाँच परमाणु हतियारको परीक्षण गरिसकेको छ ।

प्रकाशित: २३ चैत्र २०७३ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App