८ वैशाख २०८१ शनिबार
कला

सुनिल ग्रोवरद्वारा 'कपिल शर्मा शो'मा फर्कन अस्विकार

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको सहयात्रा टरेको छ। कपिलसँगको शोमा फर्कनको लागि उनका सहकर्मी राजु श्रीवास्तवले गरेको अनुरोधलाई ग्रोवरले अस्वीकार गरेका हुन्।

 सोनी टिभीसँग उनको  सम्झौताका कारण उनी सुटिङमा आउने समाचार भारतीय सञ्चार माध्यमहरुमा आएको थियो। त्यसको केही दिन पछि राजु श्रीवास्तले उनलाई शोमा फर्किनका लागि आग्रह गरेका थिए। तर ग्रोवरले यसलाई अस्वीकार गरेको जानकारी राजुले इन्डियन एक्प्रेसलाई दिएका छन्।

राजुले सुनिल कपिल बीचको मित्रता पुन: स्थापना गर्नका लागि ठुलै प्रयास गरेपनि उनी यसमा आँफु सफल हुन नसकेको बताएका छन्। कपिलको व्यवहारले आफुलाई चोट पुर्‍याएको ले आफु कपिलसँगको सहयात्रामा फिर्ता नहुने जवाफ दिएको राजुले साञ्चारमाध्यमलाई बताएक छन्।

कपिलले मेलबर्नबाट मुम्बई आउने क्रममा गरेको व्यवहार स्मरण गर्दै सुनिलले यस व्यवहारले आफुलाई आघात परेको बताएका छन्। कपिलले सुनिलसँग आफ्नो व्यवहार प्रति माफी समेत मागेका थिए। तर कपिलको सफलताको कामना गर्दै सुनिलले माफि दिन अस्विकार गरेको ट्विट गरेका थिए।

यता कपिलले भने सुनिल कार्यक्रमा फर्किनेमा आफु आशावादी रहेको उल्लेख गरेका छन्।

 

प्रकाशित: २३ चैत्र २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App