coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रमोदले डिजे बनेर नचाए प्रियंकालाई

काठमाडौं- गायक प्रमोद खरेलको नयाँ डान्सिङ नम्बर ‘लाईदेउ न मायाले’ सार्वजनिक भएको छ। प्रमोदले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा प्रमोदले अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गरेका छन्।

 यसअघि यो जोडी प्रमोदको लोकप्रिय गीत ‘ओए झुमा झुम्कावाली’मा देखिएको थियो। संगीतकार राजनराज शिवाकोटीले संगीत भरेको यो गीतलाई डिपी खनालले लेखेका हुन्। गीतमा साहास शाक्यको संगीत संयोजन रहेको छ। सुब्रत आचार्यले निर्देशन गरेको गीतको भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। शुक्रवार साँझ सार्वजनिक भएको गीतलाई हालसम्म युट्युबमा दुई लाख ९२ हजारभन्दा बढीपल्ट हेरिसकिएको छ।

युट्युबमा गीत नेपालको पाँच नम्बर ट्रेन्डिङमा छ। अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियोमा गायक प्रमोदले प्रियंकासँग नृत्य गरेको देख्न सकिन्छ। डिजेको भुमिकामा देखिएका प्रमोदले प्रियंकालाई नचाएका छन्।

प्रकाशित: २३ चैत्र २०७३ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App