चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

बुधबार, २३ चैत २०७३, १२ : ३७ नागरिक

इलाम – स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । 

ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका हुन् । 

चुनाव घोषणापछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । यहाँका अधिकांश राजनीतिक दल स्थानीय निकायको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् । नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ । 

'मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम भइरहेकाे छ ।'

स्थानीय तहअनुसार पार्टीको संरचना बनाएर चुनावी तयारीमा लागिसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले बताए । 

सचिव देवानले भने, “पार्टीको पुनःसंरचनापछि उम्मेदवारबारे निर्णय गरेर चुनावमा लाग्छौं, स्थानीय निकायको पुनःसंरचना ढिला आएकाले छिटो/छिटो गरेर चुनावी तयारीलाई समेत तीव्रता दिएका छौँं ।” 

नेकपा (एमाले) ले पनि चुनावको तयारी ब्यापक रूपमा गरिरहेको जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ/गाउँमा सञ्चालन गरेको सो दलले आफ्ना सबै मोर्चासँग बसेर छलफल गर्ने र मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम गरिरहेको एमाले उपसचिव उमेश गुरूङले जानकारी दिए । स्थानीय तहअनुसार पार्टी कमिटीको संरचना बनाउँदै चुनावी तयारीमा लागेको उनले बताए । 

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह अनुसार पार्टी कमिटीलाई समायोजन गर्ने र उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको जनाएको छ । प्रदेशको बैठकले नयाँ संरचनाअनुसार पार्टीका कमिटीलाई समायोजन गर्ने निर्णय भएकाले सोहीअनुसार काम गरिरहेको माओवादी केन्द्रका इन्चार्ज धीरेन्द्र शर्माले बताए । 

नेताले कार्यकर्ता र मतदातासम्म पुगेर भेटघाटलाई बाक्लो बनाउँदै लगेका अब एक/दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लगाएर चुनावी कार्यक्रमलाई तीव्रता दिने उनले जानकारी दिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ वटा राजनीतिक दलले दल दर्ता गराइसकेको जिल्ला निर्वाचनका कार्यालय प्रमुख प्रेम काफ्लेले बताउनुभयो । कार्यालयले मतदाता शिक्षा, निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी व्यवस्थापनको कामसमेत तीव्र रूपमा भइरहेको जनाएको छ । रासस 
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...