६ वैशाख २०८१ बिहीबार
राजनीति

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

रुकुम – ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । 

बुधबार बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उनको दाबी थियो । 
सिंहदरबारको अधिकार गाउँ/गाउँसम्म पर्याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो । 

उनले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए। 

सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए । रासस 
 

प्रकाशित: २३ चैत्र २०७३ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App