coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नुवाकाेटमा मिनिट्रक दुर्घटना, ९ घाइते

तारकेश्वर गाउँपालिकामा दुर्घटनामा परेको मिनिट्रक । तस्बिरः रामहरि गजुरेल

नुवाकोट– वालुवासहित यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिकामा ९ जना घाइते भएका छन् । तारकेश्वर वडा नं. ६ को जहरेतर्फ जाँदै गरेको बा ४ ख ३७२७ नम्बरको मिनिट्रक मंगलवार साँझ मजुवामा दुर्घटना भएको हो ।

मिनिट्रक सडकबाट ५० मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मिनिट्रकका चालक तारकेश्वर गाउँपालिका–६ का ४५ वर्षीय सुकराम तामाङ, ३२ वर्षिय यमबहादुर रिमाल, ४० बर्षीया सेतीमाया तामाङ, सेतीमायाकै छोरी १२ वर्षीया सम्झना तामाङ, १९ वर्षीया सुशिमाया तामाङ, १७ वर्षीया बिन्दुमाया तामाङ, १८ वर्षीया अञ्जना तामाङ र सोही वडाका १८ वर्षीया आशिष रिमाल घाइते भएका छन्। दुर्घटनामा परि सुकमान, सेतीमाया र विन्दुमाया गम्भीर घाइते भएका छन् । 

घाइतेहरुको त्रिशुली जिल्ला अस्पतालमा उपचार भइरहेको  छ भने गम्भीर घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दि । 

प्रकाशित: २२ चैत्र २०७३ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App