coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपः १–शून्य गाेलले एपिएफ विजयी

इलाम— तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफले जितेको छ। सिएमजी संकटालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै एपिएफले खेल आफ्नो पक्षमा पारेको हो। संकटासँग मोफसलका भएका विभिन्न ६ भेट मध्ये योसहित २ खेलमा एपिएफले जित निकाल्न सफल भएको छ।  

एपिएफका लागि नविन लामाले पहिलो हाफको १७ औं मिनेटमा गोल गरेका हुन्। विपक्षी टोली संकटाका डिफेन्सले आफ्ना गोलकिपरलाई दिएको पासलाई सदुपयोग गर्दै नविनले संकटाको जाली चुमाएका हुन् । खेलमा दुबै तर्फबाट करिब दर्जनबढी उत्कृष्ट प्रहार देखिए पनि जाली चुमाउन भने सकेनन् । 

खेलको म्यान अफ दि म्याच नविन लामा नै घोषित भए । 

आफ्नो टिमले खेलमा प्रतिरक्षात्मक रणनीतिअनुसार खेलेकोले जित सफल भएको एपिएफका प्रशिक्षक कुमार थापाले बताए । संकटाका टिम म्यानेजर राजेश तुलाधरले भने आफ्नो टिममा विभिन्न क्षेत्रका र फरक फरक अनुभवका खेलाडीको संयोजन उत्कृष्ट हुन नसक्दा खेल पक्षमा पार्न नसकिएको बताए। 

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आर्मी र पुलिसको टिम भिड्ने भएका छन् । त्यस्तै, बिहीबार हुने अन्तिम दोस्रो सेमिफाइनल खेलमा झापा ११ र मंगलबारको विजेता एपिएफ भिड्ने छन् । 

मंगलबारको खेलसँगै सेमिफाइनलको समिकरण पूरा भएको भएको छ। 

प्रकाशित: २२ चैत्र २०७३ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App