coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई महिना बित्दासमेत किशोरी हत्यामा संलग्न पत्ता लागेन

खोटाङ– दुई महिना पुग्ना लाग्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोलीले घट्नास्थल एबं शंकास्पद व्यक्तीमाथि अनुसन्धान गर्दा समेत दोषी पत्ता लाग्न सकेको छैन। लामो समयसम्म रिता हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा मृतकका परिवार थप पीडित भएका छन्। घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक अशरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए।

जिल्ला प्रहरी कार्यालय मुद्धा शाखाका सईको नेतृत्वको टोली र डिएसपी नबिनकिशोर प्रधानको छुट्टाछुट्टै टोली फरक–फरक समयमा घट्नास्थल पुगेर अनुसन्धान गर्दा पनि दोषी पत्ता नलागेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोली खोटाङ आएको थियो। आरआइटीको टोलीले फागुन २६ गतेदेखि केही दिन अनुसन्धान गरे पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अनुसन्धानकालागि घट्नास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगले सुक्ष्म अनुसन्धानका लागि बिशेषज्ञ टोली पठाउन पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेको केही दिनमै रिजनल इन्भेस्टीगेसन टिम आएको हो। हालसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को टोली पठाइदिन सगरमाथा अञ्चल प्रहरी कार्यालय राजबिराजलाई आग्रह गरेको थियो।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा शव भेटिएको थियो। बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ। प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो। अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक अशरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए।

किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अन्तरपार्टी सञ्जालले फागुन १७ गते मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको थियो। सञ्जालको ध्यानाकर्षणपछि घट्नास्थल पुगेको आयोगको टोलीले फागुन २२ गतेदेखि केही दिन अनुसन्धान गरेर फर्किएको थियो।

युवती हत्याका दोषी पत्ता लगाउनमा स्थानीयको असहयोग भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रधानले गुनासो गरे।

टाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या भएको पाँच दिनपछि दोषी पत्ता लागेपनि रिताको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरी असफल भएको छ। महत माघ २२ गते मृत फेला परेपछि अनुसन्धानकाक्रममा खोटाङको चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की घट्नामा संलग्न रहेको प्रहरीले पत्ता लगाएको थियो।

प्रकाशित: २२ चैत्र २०७३ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App