८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

काठमाडौं– भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

हेलिकप्टरसहित अन्य उपकरण, हतियार र सवारी साधनसमेत एकमुष्ट भुक्तानीका लागि पत्र आएको जानकारी रक्षा मन्त्रालयले नागरिकलाई दिएको थियो तर दूतावासले त्यसबारे केही नभनी समाचार ‘यथार्थमा आधारित’ नभएको टिप्पणी गरेको छ ।

दूतावासले हेलिकप्टरको गुणस्तरबारे समेत उल्लेख गरेको छ । ‘उक्त हेलिकप्टरले ३ सय घन्टाभन्दा बढी उडान भरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हेलिकप्टरको जस्तोसुकै स्थानमा पनि अवतरण गर्न सकिने क्षमताका कारण २०१५ को भूकम्पमा उद्धार र राहतका लागि तथा जुरेमा गएको पहिरोको उद्धार कार्यका लागि यो अत्यन्त उपयोगी साबित भएको थियो ।’ ‘दुई सरकारबीच भएका सम्झौताका सर्तअनुरुप भारतले नेपालसँग रक्षा सहकार्य जारी राख्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित: २९ असार २०७३ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App