घरभित्रको शत्रु

मङ्गलबार, २२ चैत २०७३, ०९ : ५४ प्रेमप्रसाद पौडेल

36


विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदूषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा घरभित्रको वायु प्रदूषणका कारण बर्सेनि २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ हजार ३ सय ८१ वर्ष समय यसका कारण बिरामी परेर वा अकालमा मरेर उत्पादनमूलक समय त्यसै खेर गइरहेको प्राक्टिकल एक्सन नेपालको एक प्रतिवेदनमा उल्लेख छ । यसरी हेर्दा परम्परागत चुलोमा खाना पकाउँदा निस्कने धुवाँ वा परम्परागत इन्धन र चुलो मानिसका लागि घरभित्रकै शत्रु बनेको छ ।
नेपालका प्रायः गाउँघरमा खाना बनाउन जैविक ठोस इन्धन, जस्तै– दाउरा, गुइँठा र कृषिजन्य रहेलपहेलहरू प्रयोग हुने गरेको छ । नेपालमा ७४ दशमलव ४ प्रतिशत घरले माथि उल्लिखित ठोस इन्धन प्रयोग गर्ने गरेका छन् । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा यस्ता समस्या अधिकतम हुने गरेका छन् । प्रायः गरिब मुलुकमा यी इन्धनको प्रयोग गर्नु एउटा बाध्यकारी समस्याका रूपमा रहेको छ । नेपाल जस्तो गरिब, अल्पविकसित वा विकसोन्मुख देशमा प्रयोग हुने यी ठोस इन्धनको प्रयोगमा उन्नत प्रविधि, जस्तै– सुधारिएको, दाउरा कम लाग्ने र धुवाँ भान्छाबाहिर जाने चुलोको प्रयोग नहुनु मुख्य समस्या हो । जसका कारण स्वास्थ्यसम्बन्धी विविध समस्या सिर्जना भई उपचारमा धेरै धनराण्शि खर्च हुने गरेको एकातिर छ भने अर्कोतिर दाउरा संकलनमा भइरहेको समय खर्च, परिश्रम, वन विनाश र विश्व वातावरणमा प्रतिकूल असरलगायतका समस्या विद्यमान छन्  ।
घरभित्र खाना बनाउन प्रयोग हुने इन्धन व्यवस्थित वा उन्नत प्रविधिको प्रयोगमा हाम्रो समुदायले बुझेर पनि बुझ पचाएको अवस्था छ । जसका कारण घाँटी खसखसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, कफ आउने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घाँंटी दुख्ने, बच्चालाई निमोनिया हुने जस्ता तत्कालीन रोग देखापर्छन् भने लामो समयसम्म दूषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, आँखासम्बन्धी रोग, जस्तै– मोतियाविन्दु आदि लाग्ने गर्छ । यसका अलावा गर्भवती महिला धेरै समयसम्म धुवाँमा बसेको खण्डमा बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्म हुने र अत्यधिक प्रदूषणका कारण मृत बच्चा जन्म हुनसक्ने सम्भावना रहन्छ । घरेलु वायु प्रदूषणका कारण विशेषगरी महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयहरूको प्रतिवेदन हेर्ने हो भने निमोनिया वा श्वास÷प्रश्वाससम्बन्धी समस्या एक नम्बरमा आउने गरेका छन् । फोहोर पानी, दूषित हावा र असुरक्षित यौन सम्पर्कपछि रोग निम्त्याउने चौथो कारक तत्वका रूपमा घरभित्रको धुवाँ रहेको स्वास्थ्यविद् बताउँछन् ।
यी विविध समस्या समाधानका लागि मुख्य गरी दुईवटा उपाय छन् । दाउरा वा कृषिजन्य रहेलपहेल, गुइँठा, कोइला, ब्रिकेट आदि प्रयोग गर्दा भेन्टिलेसन वा हावा राम्रोसँग ओहोरदोहोर हुने कोठामा सुधारिएको वा धुवाँ बाहिर जाने प्रविधि, जस्तै– सुधारिएको चुलो, चिम्नीहुड तथा उन्नत स्वच्छ चुलोको प्रयोग गर्ने एउटा उपाय हो भने गोबरग्यास, सौर्य ऊर्जा र विद्युतीय चुलो प्रयोग गर्नु अर्को उपाय हो । यसो गर्दा भान्छाको सफाइ, स्वास्थ्य सुधार र काममा सहजता भई समाज आर्थिक उन्नति र विकासको पाटोमा अघि बढ्छ ।
हामी यतिबेला पुनर्निर्माणको संघारमा छौं । यो समयमा उल्लिखित समस्यालाई ध्यान दिन सकिएको छैन अर्थात् पुनर्निर्माणमा घरको डिजाइन गर्दा उन्नत चुलो अनिवार्य गर्न सकिएको छैन । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदैछ । तर पनि पुनर्निर्माणको कार्यक्रममा सरकारकै सहस्राब्दी विकास लक्ष्यअनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुवाँमुक्त देश बनाउने लक्ष्य भने समावेश गराउन सकेको छैन । पुनर्निर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुलो प्रयोग गर्नु अनिवार्य हुन्छ । नेपाल सरकारको ‘क्लिन कुकिङ सोलुसन टु अल’ को लक्ष्य पूरा गर्न, वन वातावरण जोगाउँदै विश्व वातावरण संरक्षणमा योगदान दिन तथा मानव स्वास्थ्यमा सुधार गरी समृद्ध समाज निर्माणमा स्वच्छ वा उन्नत प्रविधिको चुलो प्रयोग गर्नु अपरिहार्य छ ।  

 

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...