coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरीका दुई व्यवसायीको घरमा बम

सप्तरी- सप्तरीका दुई व्यसायीको घरमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले सकेट बम राखेको छ।  राजविराज ४ स्थित किराना व्यवसायी विनोद चौधरी र राजविराज ५ स्थित इटा व्यवसायी छोटु भनिने रविन्द्र यादवको घरमा उनीहरुले सकेट बम राखेका हुन्।  

दुवै स्थानमा राखिएको बम डिस्पोज गर्न नेपाली सेना लगाय सुरक्षाकर्मी पुगेका छन्। चुनावको बहिस्कारको लागि चन्दा माग्दा नदिएको र आफ्ना कार्यकर्ता पक्राउ गराउन खोजेकोले बम राखिएको गोइत समूहले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ चैत्र २०७३ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App