७ वैशाख २०८१ शुक्रबार
राजनीति

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

काठमाडौं— परराष्ट्रमन्त्री प्रकाशशरण महतले व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। समितिले त्यस्ता आरोप पुष्टि गर्न सके मन्त्री पदबाट राजीनामा दिने उनको भनाइ छ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको बताए। उनले समितिको निर्णय स्वार्थसहित आएको दावी गरे।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको बताए। उनले समितिको निर्णय स्वार्थसहित आएको दावी गरे।

आइतबार प्रभु साह सभापति रहेको उक्त समितिले खाडी मुलुकमा घरेलु कामदारका रूपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको आरोप लगाउँदै मन्त्री महतलाई कारबाही गर्नुपर्ने निर्णय गरेको थियो। ‘मैले त  गैरकानूनी कामलाई रोक्नुपर्छ भनेर निर्दैशन दिएको हुँ ।  तर यहाँ प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको छ ।’  

उनले घरेलु कामदार पठाउनेबारे निर्देशिका कार्यान्वयन गर्न आफूले निर्देशन दिएको स्पष्ट पारे । महतले मलेसिया लगायत देशमा अहिले पनि राज्यको जानकारीबिना  १७ हजार सात सय रुपैयाँ उठाउने काम भइरहेको गुनासो गरे ।  
 

प्रकाशित: २१ चैत्र २०७३ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App