८ वैशाख २०८१ शनिबार
राजनीति

सात प्रदेशमा कांग्रेसका सात सभा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले चैत २७ देखि बैशख २ गते भित्र सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ। पार्टी नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन परिचालन समितिको सोमबारको बैठकले प्रदेश नम्बर सातबाट सुरु गरे एक नम्बर प्रदेशमा सभा समापन गर्ने कार्यतालीका सार्वजनीक गरेको हो।

सातै प्रदेशमा हुने चुनाबी सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।

प्रदेश नम्बर सातबाट सुरु गरे एक नम्बर प्रदेशमा सभा समापन गर्ने कार्यतालीका सार्वजनीक गरेको हो। सातै प्रदेशमा हुने चुनाबी सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।

निर्वाचन परिचालन समितिको निर्णय अनुसार प्रदेश सातको कैलालीमा चैत २७ गते, प्रदेश पाँचको दाङ, तुलसीपुरमा २८ गते र रुपन्देही २९ गते, प्रदेश नम्बर चारको पोखरामा ३० गते, प्रदेश नम्बर दुईको जनकपुरमा ३१ गते र प्रदेश एकको झापामा वैशाख २ गते सभा गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रदेश नम्बर तीन र छको आमसभाको स्थान र मिति पछि तय गरिने कांग्रेसले जनाएको छ।

पार्टी केन्द्रीय सदस्यहरुलाई सम्बन्धित प्रदेशमा हुने आमसभामा समन्वय र सहयोग पु¥याउने निर्देशन दिएको छ। निर्वाचन परिचालन प्रभावकारी बनाउन पौडेल नेतृत्वको समितिले आर्थिक स्रोत परिचालन, प्रचार–प्रसार, सुरक्षा, मतदाता शिक्षा तथा सचेतना, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ।

मंगलबार १२ बजे पार्टी पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसदहरु र दिउँसो ४ बजे शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग परिचालन समितिले छलफल गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै, बुधबार पूर्व राजदूत, पूर्व प्रशासक र पूर्व सुरक्षा अधिकारीहरुसँग केन्द्रीय कार्यालयमा छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रकाशित: २१ चैत्र २०७३ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App