८ वैशाख २०८१ शनिबार
राजनीति

'यो देश खारेज गर' नारा लगाएकोप्रति हिसिलाले माफी मागिन्

काठमाडौं—नयाँ शक्ति पार्टी, विदेश विभाग संयोजक हिसिला यमीले प्रहरी धरपकडका क्रममा आइतबार 'यो देश खारेज गर'को नारा लगाएकोमा माफी मागेकी छिन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले 'आवेस' र 'अर्धचेत' अवस्थामा उक्त नारा लगाएको दाबी गरिन्।

‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु। म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु’, उनले भनिन्।

आइतबार निर्वाचन आयोग धर्ना दिने क्रममा प्रहरीले नियन्त्रणमा लिने क्रममा उनले 'यो देश खारेज गर' भन्दै नाराबाजी गरेको भिडियो इन्टरनेटमा भाइरल भएको थियो। भिडियोले चर्चा पाएसँगै सामाजिक सञ्जालमा 'एरेस्ट हिसिला यमी' ह्यासट्याग ट्रेन्डिङ भएको थियो। सर्वसाधारणले उनलाई देशद्रहोको अभियोगमा पक्राउ गर्न माग गर्दै अावाज उठाएपछि नेतृ यमीले क्षमा मागेकी हुन्।

'म त्यो वेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ। तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु। त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ', उनले भनेकी छन्।

आन्दोलनको दवाब, भाषागत कमजोरी र बेहोसीमा आफूले अन्यथा उच्चारण गरेको उनले बताइन्।

‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु। म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु’, उनले भनिन्।

नेतृ यमीले भातृभूमिविरुद्ध कुनै अपमानजन्य कुरा बोल्न त सोच्न पनि नसक्ने बताइन्।

'हाम्रा वीर पुर्खाहरुले आर्जेको र जोगाएर राखेको यो स्वाधीन र सार्वभौम देश नेपाललाई म असाध्यै माया गर्छु', उनले भनिन्, 'हाम्रो देश छ र नै त हामी नेपाली भनेर गर्वका साथ बाँचेका छौं। त्यसैले यो पवित्र मातृभूमिविरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि सक्दिनँ।'

 

प्रकाशित: २१ चैत्र २०७३ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App