८ वैशाख २०८१ शनिबार
राजनीति

भष्ट्राचार रोक्न वडा अध्यक्षमा पत्रकारको उम्मेदवारी

सिन्धुली – विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका श्यामहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्  । नेपाली काँग्रेसका तर्फबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारी नेपाल पत्रकार महासङ्घ सिन्धुलीका पूर्व सभापतिसमेत हुन् । पछिल्लो समयमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई रोकी समुन्नत समाज निर्माणका लागि आफूले उम्मेदवारी दिएको उनले बताए। 

कमलामाई नगरपालिका–४ मा काँग्रेसले आफूलाई टिकट दिनेमा ढुक्क भएको समेत अधिकारीले बताए । 

विगत २० वर्षदेखि सिन्धुलीमा पत्रकारिताका माध्यमबाट नागरिकलाई सुसूचित गराउँदै आएको दाबी गर्ने उनले भने, “मैले अहिले नगरवासीकै पहलमा उम्मेदवारी घोषणा गरेको हुँ । नेपाली काँग्रेसले मेरो बदला अरुलाई टिकट दिन्छ भन्ने लाग्दैन ।”

यता, सिन्धुलीमा अहिलेसम्म कुनै पनि राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा युवादेखि वृद्धसम्मको आकाङ्क्षा देखिएपछि सिन्धुलीमा दलहरुले वैशाखको पहिलो सातामा पनि उम्मेदवारको टुङ्गो नलगाउन हुन् कि भन्ने आशङ्का उब्जेको छ । रासस 

प्रकाशित: २१ चैत्र २०७३ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App