coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

दुवई – सन् २०१४ देखि जेलमा रहेका बहराईनको प्रतिपक्षी दलका प्रमुख नेता सेख अली सल्मानको जेल अवधि उच्च अदालतले सोमबार कटौती गरिदिएको छ । 

उनी सन् २०१४ को डिसेम्बरमा भएको सरकार विरोधी आन्दोलनका क्रममा पक्राउ परी करागारमा रहेका थिए । नेता सल्मानको गल्ती सन् २०१५ को जुलाईमा पुष्टी भई चारवर्ष जेल राख्नुपर्ने फैसला सुनाइएको थियो । 

तर अर्को एउटा पुनरावेदन अदालतले भने उनलाई ९ वर्ष जेल राख्नुपर्ने सजाय सुनाएको थियो । ५१ वर्षीय सल्मान बहराईनको संवैधानिक राजतन्त्र हटाउने आन्दोलनको पूर्ण समर्थक नभइ मध्यमार्गी धार लिएकाले उनको जेलअवधि कटौती गरिएको बताइएको छ । 

शरणार्थी आतङ्कवादको विषयमा बहराईनमा विगत ६ वर्षदेखि आन्दोलन भइरहेको छ । सरकार विरोधी आन्दोलनकै सिलसिलामा अल बेफाकका सांसदहरुले सन् २०११ मा राजीनामा पनि दिएका छन् । 

बहराईनको निर्वाचित तल्लो सदनमा अल बेफाकका सवै भन्दा धेरै सांसदहरु रहेका छन् । रासस/एएफपी 

प्रकाशित: २१ चैत्र २०७३ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App