८ वैशाख २०८१ शनिबार
खेल

रमपम झापा–११ सेमिफाइनलमा

माइभ्याली गोल्डकपको सोमबारको खेलमा भिड्दै झापा र रुपन्देहीका खेलाडी । तस्बिर : भीम चापागार्इ

इलाम – माइभ्याली गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा रमपम झापा–११ ले अग्नि रुपन्देही–११ लाई पराजित गरेको छ । अाइतबारको दोस्रो क्वार्टरफाइनलमा झापाले टाइब्रेकरमा रुपन्देही–११ लाई ५–३ गोलअन्तरले पराजित गर्‍यो। 

निर्धारित समयमा कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। विजयी भएसँगै झापाले आउँदो २२ गते हुने सिएमजी संकटा र सशस्त्र प्रहरी (एपिएफ) क्लबको विजेतासँग २४ गते सेमिफाइनल खेल्नेछ। सोमबारको ‘म्यान अफ् दि म्याच’ हुँदै झापाका किशोर गिरीले ७ हजार नगद हात पारे । मंगलबारको तेस्रो क्वार्टरफाइनलमा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी र नेपाल पुलिस क्लब आमने–सामने हुँदैछन्। 

आइतबारको क्वार्टरफाइनलमा नेपाली सेनाको आर्मी क्लब भारत सिलिगुडीस्थित कञ्चनजंघा फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। चैत १७ मा सुरु भइ आउँदो २६ गते फाइनल हुने गोल्डकपको तेस्रो संस्करण विजेताले ४ लाख र उपविजेताले अढाई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी छन्।

प्रकाशित: २१ चैत्र २०७३ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App