बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

सोमबार, २१ चैत २०७३, १३ : ५५ नागरिक

गोरखा – भूकम्पको केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो । 

केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज सङ्कलन गरी केन्द्रमा भण्डारण गर्ने र बजारीकरण गर्न सहज भएपछि यहाँका किसान खुसी भएको बताए । भूकम्पपछि भूकम्पपीडितको जीविकोपार्जनमा सुधार ल्याउन तरकारीका बीउ वितरण गर्नेदेखि बेमौसमी तरकारी खेतीका लागि टनेललगायत सहयोग गरिएको केयरले जनाएको छ । 

यस्तै केयरले स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वयमा धार्चे गाउँपालिका–५ गुम्दामा आलुको बीउ भण्डारण गर्ने रस्टिक स्टोर भवन पुनर्निर्माण गरेको छ । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी निर्माण गरिएको भवनमा आलुको बीउ भण्डारण गर्ने बताइएको छ । रु १२ लाख ७८ हजार दुई सय ७१ लगानी गरी भवन पुनःर्निर्माण गरिएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिए । 

आलु उत्पादनको पकेट क्षेत्रमा गुम्दा पर्छ । गुम्दामा बर्सेनि आलु उत्पादन भए पनि बर्खाका बेला पहिरोले कच्ची सडक अवरुद्ध गर्दा बजारीकरणमा समस्या हुँदै आएको आलु उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण माइला गुरुङले बताए । “गुम्दाका हरेक घरमा दुई सय मुरी आलु उत्पादन हुन्छ”, उनले भने, “यहाँको मुख्य बाली नै आलु हो । उत्पादन भएको आलु बजारसम्म झार्न सकिएको छैन ।” 

रस्टिक स्टोर सञ्चालनमा आएपछि आलुको बीउ भण्डारणमा सहज हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । गुम्दामा चार सय रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । स्थानीय शिक्षक सुनिल गुरुङले बीउ, आलु र तरकारी खाने आलु भण्डारण गर्ने बेग्लाबेग्लै भवन आवश्यक परेको बताए । रस्टिक स्टोरमा भण्डारण गरेको बीउ आलु बेचेर किसानले फाइदा लिन सक्ने उनको भनाइ छ । 

केयरले गुम्दामा अलैँची खेती विस्तारका लागि ३० हजार अलैँचीका बिरुवा वितरण गरेको छ । यस्तै अलैँची सिँचाइका लागि रु छ लाख बजेट विनियोजन गरी पाइपमार्फत पानी ल्याएर अलैँची सिँचाइ गरिने बताइएको छ । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले आलु बेचेरै गुम्दाका किसानले जीविकोपार्जनमा सुधार ल्याउनसक्ने बताए । रासस 








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad