४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

अन्कारा– टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् । 

सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उहाँले आइतबार जानकारी दिए । 

पक्राउ परेका मध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा बताए । 

गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् । 

अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कु गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: २१ चैत्र २०७३ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App