coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा एक जनाको मृत्यु, ९ सवारी साधन पुरिए

पहिरोको सांकेतिक फाइल तस्विर

काठमाडौं—मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा बिहान १०:३० बजे पहाडको ढिस्को खस्दा गएको पहिरोमा ९ सवारी साधन पुरिएका छन्। एक जनाको मृत्यु भएको छ।

घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि भरतपुर लगिएको छ। बिहान एक्कासि पहाडको ढिस्को खसेर एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनी ट्रक र एउटा कारलाई पुरेको हो।

गृह मन्त्रालयका अनुसार पहिरोले थिचेर नारायणगढतर्फ गइरहेको ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सहचालकको मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ।

घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि भरतपुर लगिएको छ। सडकमा सवारी साधन गुडिरहेका बखत एक्कासि माथि पहाडबाट पहिरो खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनी ट्रक र एउटा कारलाई पुरेको हो। अरु पाँच वटा मोटरसाइकल पनि पुरिएको बताइएको छ।

पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ।

उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा
घटनाको जानकारी पाएलगत्तै गृहमन्त्री बिमलेन्द्र निधिले सबै सुरक्षा निकायलाई परिचालन हुन निर्देशन दिएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोली पुगेको छ।

घाइतेको संख्या बढ्न सक्ने अनुमान गर्दै उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। उनका अनुसार बाटोमा जम्मा भएको ढुंगा पन्छाउन तनहूँबाट जेसीवी लोडर पठाइसकिएको छ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App