coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहकार्यको बाटोमा अघि बढ्नु पर्छ: उपराष्ट्रपति पुन

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयन गर्ने राष्ट्रिय कार्यभार पूरा गर्न सबै राजनीतिक शक्तिलाई संवाद, सहमति र सहकार्यको बाटोमा अघि बढ्न अपिल गरेका छन्।

नेपाल हज समितिद्वारा इदुल फित्र (इदु)को अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले राजनीतिक दलहरुबीच आपसी सहमति र सहकार्यको विकल्प छैन, यही नै आजको मुख्य आवश्यकता भएको बताए।  

नयाँ संविधान जारी भएसँगै अबको राष्ट्रिय कार्यभार भनेको संविधानको तीव्र कार्यान्वयन रहेको बताउँदै उपराष्ट्रति पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै जातजाति, भाषाभाषीको बलियो राष्ट्रिय एकता आवश्यक रहेको बताए।  

नेपालको संविधानले सबै धर्म र संस्कृतिका नागरिकलाई आफ्नो धर्म संस्कृतिको संरक्षणको अधिकारको प्रत्याभूति गरेको जनाउँदै उहाँले राष्ट्रनिर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता उत्पीडित नेपाली समुदायको विशेषता भएको बताए।

नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका जनताको हकअधिकार सुनिश्चित गरेको बताए।

उनले भने “नेपाली मुस्लिम समुदायको देशप्रेमको भावनालाई कसैले पनि प्रश्न उठाउन सक्दैन।”

सोही पार्टीका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाली मुस्लिम समुदायको हकअधिकारको सुनिश्चित गर्न र धर्म संस्कृतिको विकास र विस्तारका लागि सरकारले सदैव सहयोग पुर्याउँदै आएको बताए। रासस

 

प्रकाशित: २८ असार २०७३ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App