७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको घोषणापत्र विकास केन्द्रित हुने

काठमाडौं– नेपाली कांग्रेसले जनतालाई न्याय र गाउँसम्मै विकास पुर्‍याउने योजना र कार्यक्रमसहित स्थानीय तहको घोषणा पत्र तयार गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको घोषणा पत्र मस्यौदा समितिको पहिलो बैठकले मुलुकका समस्यालाई उजागर गर्दै समाधानका उपाय समेटेर घोषणा पत्र तयार गर्न लागेको हो।

‘सबै पक्षको धारणा बुझेर घोषणा पत्र तयार गर्ने छौ,’ यादवले भने, ‘विगतमा कांग्रेसले के ग¥यो र अब मुलुकलाई कसरी आर्थिक विकास र राजनीतिक स्थायीत्व प्रदान गर्छ भन्ने समेटीने छ ।’

बैशाख पहिलो साताभित्र घोषणा पत्र बाहिर ल्याइ सक्ने गरी तयारी सुरु गरेको कांग्रेसले बुधबार भ्रातृ तथा शुभेच्छुक संघ÷संस्थाका साथै विभिन्न पेसा र व्यवसायमा संलग्नहरुसँग छलफल गर्ने भएको छ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेताहरुको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल छलफल गर्नेछ। त्यस्तै, शुक्रबार पार्टीका सांसदहरुसँग सुझाव संकलन गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्यसमेत रहेका समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । ‘सबै पक्षको धारणा बुझेर घोषणा पत्र तयार गर्ने छौ,’ यादवले भने, ‘विगतमा कांग्रेसले के ग¥यो र अब मुलुकलाई कसरी आर्थिक विकास र राजनीतिक स्थायीत्व प्रदान गर्छ भन्ने समेटीने छ ।’

हिमाल, पाहाड र तराईका समस्या समाधान गर्न कांग्रेसले नै अग्रसरता लिने बताउँदै उनले भने, ‘युवा, महिला, जनजाति, दलित, मधेसी सबै वर्गलाई न्याय, अधिकार र विकासको अवसर प्रदान गर्ने छ।’ शिक्षा, स्वास्थ्य, खानेपानीका साथै रोजगारीका अवसरहरुको सुनिश्चिता गराउन पार्टीले विशेष कार्यक्रम ल्याउने बताउँदै उनले भने, ‘अतिवाद भनेको राष्ट्रवाद होइन त्यस विषयमा पनि पार्टीको स्पष्ट दृष्टीकोण आउँछ।’

बैठकले जगदिशचन्द्र पोखरेल, मीनेन्द्र रिजाल र यज्ञ अधिकारी रहेको उपसमिति गठन गरेको छ । यसले विभिन्न पक्षबाट आएको सुझाव र विगतका घोषणा पत्रको अध्ययन गरी खाका तयार गर्ने छ । यसैबीच, निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र पौडेलले स्थानीय निर्वाचनको तयारी र पार्टीको पक्षमा कसरी उपयोग गर्न सकिन्छ भनेर आइतबार नै विभिन्न पक्षसँग छलफल गरेका थिए ।

 

प्रकाशित: २० चैत्र २०७३ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App