coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नलसिङ गाडका प्रमुखविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौँ –  नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अाइतबार भष्ट्राचार मुद्दा दायर गरेको छ।  

उनलाई अख्तियारले आफू अनुकूल बढी रकम कवोल गर्ने प्रस्तावकलाई बढी अङ्क दिएको, कम अङ्क कवोल गर्नेलाई कम अङ्क दिएको, हचुवाको भरमा गैरकानूनी रुपमा आयोजना विकास समितिलाई नोक्सानी पुर्याउने बदनियत राखी २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैयाँ ६२ पैसा भष्ट्राचार गरेको आरोप लगाएको हो। 

उनीसँगै अख्तियारले तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र एसएमइसी-एमडब्लुएच कम्पनीका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। 
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २१ बमोजिम तेह्र करोड बैसठ्ठी लाख सत्ताइस हजार एक सय पचहत्तर रुपैयाँ एकासी पैसा जरिवाना र एक वर्ष कैद सजाय  माग  गरेकाे  छ । 

 

प्रकाशित: २० चैत्र २०७३ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App