७ वैशाख २०८१ शुक्रबार
समाज

एनजिओको भरमा स्वास्थ्य चौकी

मुगु – सदरमुकाम गमगढीदेखि दुई दिन टाढा पैदल दूरीमा रहेको सोरु गाउँपालिका वडा नम्बर १० धेनकोटमा रहेको स्वास्थ्य चौकी ६ महिनादेखि स्वास्थ्यकर्मी भएकाे छ ।
स्वास्थ्य चौकी स्वास्थ्यकर्मी विहीन भएपछि स्वास्थ्य चौकीको भवनमा फेज नेपाल नामक गैर सरकारी संस्थाले आफ्नो औषधी राखेर स्वास्थ्य चौकी सञ्चालन गरिरहेको छ । सरकारी स्वास्थ्य चौकी स्वास्थ्यकर्मी विहीन भएपछि फेजले स्वास्थ्य चौकीमा बसेर सरकारले दिनु पर्ने स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । 
स्वास्थ्य चौकीमा  स्थायी दरबन्दी रहेका दुई जना अहेवको स्वास्थ्य सेवा विभागले सरुवा गरेको र एक जना करारमा कार्यरत अहेव पनि लोकसेवाको तयारी गर्न हिडे पछि स्वास्थ्य चौकि स्वास्थ्यकर्मी विहीन बनेको हो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई विभागले सरुवा गरेको तथा लोक सेवा आयोगबाट आउने स्वास्थ्यकर्मीको समेत टुंगो नलागे पछि स्वास्थ्यकर्मीको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुको कार्यालय प्रमुख डाक्टर सरोज अधिकारी बताउँछन्। स्वास्थ्य चौकी स्वास्थ्यकर्मी विहीन हुन पुगेपछि फेज नेपालका स्वास्थ्यकर्मीलाई उनिहरूको स्वास्थ्य सेवा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्य सेवा एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था मिलाएको डाक्टर अधिकारीले बताए । 
फेजका स्वास्थ्यकर्मीलाई जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न खालको तालिम समेत प्रदान गर्दै आइरहेको कार्यालयले जनाएको छ । लोकसेवा आयोगले नयाँ स्वास्थ्यकर्मी नपठाउन्जेल सम्म कार्यालयले धेनकोटमा स्वास्थ्यकर्मी पठाउन सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  
स्थानीय निर्वाचनका लागि निर्वाचन आचार सहिंता जारी भएकाले पनि स्वास्थ्यकर्मी आउन नसकेको र निर्वाचन पछि मात्र स्वास्थ्यकर्मी आउने भएकाले त्यति बेलासम्म फेज नेपाललाई स्वास्थ्य सेवा स्वास्थ्य चौकीबाट नै प्रवाह गर्न अनुरोध गरेको कार्यालयको भनाई छ ।
 

प्रकाशित: २० चैत्र २०७३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App