७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

म्यादी बन्ने भवानीकाे सपना (फोटो फिचर)

सिन्धुपाल्चोक– चौतारा गैह्री गाउँकी भवानी घिमिरे गृहिणी हुन्। दुई सन्तानकी आमा उनी दुई दिनदेखि म्यादी प्रहरीमा छानिन खरो प्रतिस्पर्धामा उत्रेकी छिन्। ‘सबै शारीरिक जाँच पास गरेरै छोड्छु,’ युवा पुरुष सरह १५-१५ पटक सिटअप र पुसअप गरेपछि उनले भनिन् । तीन तन्नेरी केटालाई पछि पार्दै उनले सात मिनेटमा एक किलोमिटर दौडिन्। 

सामान्य लेखपढकी भवानीको लिखित परीक्षा पनि पास गरेर म्यादी प्रहरीमा छानिने अठोट छ । ‘पैसाको लागि होइन,’ सलले कम्मर कस्दै मन्द मुस्कानमा उनले भनिन्, ‘चुनावमा सुरक्षा अनुभव बटुल्ने धोको छ ।’ म्यादीमा छनोट भए जहाँ पठाए पनि जाने उनले बताइन् । 

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सदरमुकाम चौतारामा दुई दिनदेखि म्यादी प्रहरी छनोट भइरहेको छ । पुरुष सरह महिला पनि म्यादीमा छानिन भिडिरहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसीकाअनुसार ६ सय जना माग गरेकोमा १ हजार ३ सय ६८ ले आवेदन भरेका छन् । ‘३ सय ९० जना महिला छन्,’ उनले नागरिकन्यूजसंग भने, ‘त्यसको ४० प्रतिशत गृहिणी छन् ।’

सबै फाेटाे : ध्रुव दंगाल

प्रकाशित: २० चैत्र २०७३ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App