४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अप्रिलफुलका दिन भएका अनौठा तर वास्तविक घटना

लन्डन–अप्रिल १ अर्थात् ‘अप्रिल फुल’। अप्रिल फुलका दिन धेरै कुरा पत्याउन सकिदैन। तर यस वर्ष पनि अप्रिल १ कै दिन विश्वमा पत्याउनै नसकिने कथाहरु भएका छन् जुन वास्तविक हुन्। यहाँ यस वर्षका केही अपत्यारिला कथाहरु राखिएका छन् जुन वास्तविक हुन्।

पामेला एन्डरसनले जुलियन एसेन्जसँग सम्बन्ध गाँसेका छन्। उनीहरुका बीचको सम्बन्ध असहज लाग्न सक्छ तर जुलियन एसेन्जका अनुसार उनीहरुको सम्बन्धका बीचमा कुनै गोपनियता बाँकी छैन।

अप्रिल एकमै अन्तर्राष्ट्रिय सिरानीले गर्ने झगडा दिवस मनाइयो। सिरानीको झगडा हङकङ, बार्सिलोना, आमस्टरडाम, सिकागो, ब्याङलोर र हल जस्ता सहरमा मनाइयो। सिरानीको झगडा दिवसका दिन सिरानी बिना कसैलाई पनि हिर्काउन नपाइने नियम बनाएर झगडा गरिएको थियो भन्दा पत्यार नलाग्न पनि सक्छ।

त्यसैगरी अप्रिल १ कै दिन अर्को रोचक पूर्व वेवाच स्टार पामेला एन्डरसनले जुलियन एसेन्जसँग सम्बन्ध गाँसेका छन्। उनीहरुका बीचको सम्बन्ध असहज लाग्न सक्छ तर जुलियन एसेन्जका अनुसार उनीहरुको सम्बन्धका बीचमा कुनै गोपनियता बाँकी छैन।
अप्रिल एकमै सेक्सपियरका लिरिक्सलाई र्‍याप म्युजिकमा परिर्वतन गरिएको छ। विद्यार्थीलाई पढ्न सजिलो बनाउन र्‍यापमा परिवर्तन गरिएको बताइएको छ।

अर्को रोचक प्रसंग भनेको अप्रिल फुलकै दिन एउटा ब्रेक फ्ल्यिुड खाएको एक बिरालोलाई भोड्कामा डुबाएर ज्यान बचाइएको छ।
अप्रिल एककै दिन एक किशोरले आफ्नो गोडा गुमाउन परेपछि पार्टी दिएका छन्। थोमस ग्रीन नाम गरेका उक्त किशोरले २० पटकसम्म शल्यक्रिया गरेपनि कुपोषणले काम नलाग्ने भएको उनको गोडामा सुधार नआएर गोडा काट्न परेपछि उनले सबैलाई बोलाएर गोडाको गुडबाई पार्टी दिएका छन्।

अर्को प्रसंगमा एक ८२ वर्षे हजुरआमाले व्यवसायिक डिजेका रुपमा जापानमा प्रस्तुति दिएकी छिन्। ५० वर्षसम्म रेस्टुरेन्ट संचालन गरिसकेपछि सुमिको इवामुरोले नातिको जन्मदिनको पार्टीका बेला आफ्नो प्रतिभा पत्ता लगाएकी थिइन्। उनले रक म्युजिक बजाएर डिजेइिङ गरेकी छिन्।

यस वर्षको अप्रिल एककै दिन चीनले लामो दारीमा प्रतिबन्ध लगाएको छ । चीनले सिनजियाङ क्षेत्रमा रहेका उइगुर समुदायलाई लक्षित गरेर लामो दारी पाल्न प्रतिबन्ध गरेको हो। नेदरल्यान्डस्मा अप्रिल एक देखि नै रोमाञ्जक होटल संचालन गरिएको छ । होटलमा मानिसले रात क्रेनमा बिताउन पाउनेछन्। क्रेन जमिनबाट ५० मिटर माथिसम्म हुनेछ।

प्रकाशित: २० चैत्र २०७३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App