coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

दिपायल – दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
 जिबी आयल स्टोरबाट सुरु भएको आगो सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको पानी बोक्ने ट्यांकर, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो । 
जिबी आयल स्टोरको  ना २ ख ४५७९  नम्बरको ट्यांकरबाट ड्रममा पेट्रोल सार्ने क्रममा आगलागी भएको थियो । आगोले उक्त ट्यांकर, आयल स्टोर, ६ वटा मोटरसाइकल, सांसद कल्पना शोभको कल्पना सुनचाँदी पसल , भूमिराज होटलसहित अन्य तीन घर पूर्ण रुपमा नष्ट पारेको छ ।  
आगलागीबाट राष्ट्रिय वाणिज्य बैंकको  शाखा कार्यालय र अन्य केही घरहरूमा आशिंक क्षति पुगेको छ । भने आयल स्टोर सञ्चालक कर्ण भण्डारी घाइते भएका छन् । उनको शैलेस्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ ।  
 

प्रकाशित: २० चैत्र २०७३ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App