coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन दिन आएका  युवाहरूको भीड । तस्विर : जनक केसी

जाजरकोट – सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन । 
पारिवारिक विपन्नता र बेरोजगारीका कारण उनले स्थानीय तहको चुनावका लागि  म्यादी प्रहरीमा आवेदन दिएकी छिन् । छनोट परीक्षामा उनी सफल हुँदै  गएकी छिन् । ‘म बरु परीक्षा दिन्न म्यादी  प्रहरी भएर केही पैसा कमाएर पढाई पुरा गर्छु’, उनले भनिन् ।
  पढाइ अर्काे वर्ष पुरा गर्ने सोच बनाएकी छु अहिले म्यादी प्रहरी  हुने धोको छ , सोनियाले भनिन् । चैत्र २२ गते देखि तालिममा जाने भन्छन् परीक्षा दिन पाइदैन होला अब अर्काे वर्ष पुरा हुन्छ पढाइ, उनले भनिन् । सोनिया जस्तै भेरी नगरपालिकाको भेरे घर भई सोही विद्यालयको कक्षा १२ मा पढ्ने नरेशप्रकाश घर्तीले पनि १२ कक्षाको परीक्षा छोडेर म्यादी प्रहरीमा भर्ती हुन आवेदन दिएका छन् ।
  ‘घरको अवस्था कम्जोर छ कुनै रोजगारीको सम्भावना छैन् त्यसैले अर्काे वर्ष परीक्षा दिने अहिले म्यादी प्रहरी हुने हाे', उनले भने । पढाई खर्च र घरको आर्थिक समस्या टार्न आफू म्यादी हुन लागेको उनले बताए ।   
   म्यादी प्रहरीमा परीक्षाको माया मारेर आवेदन फाराम भर्ने आफूहरू जस्तै धेरै विद्यार्थीहरु भएको नरेशले बताए । जागिर पाइदैन भन्ने  डरले  ११ र १२ पढ्दै गरेका र एसएलसी दिएका धेरै विद्यार्थीहरू म्यादी हुन आएका छन्, नरेसले नागरिकसंग भने ।  
सोनिया र नरेश मात्र होइन अहिले जिल्लामा म्यादी प्रहरीका लागि  आवेदन दिने अधिकांश विद्यार्थीहरू नै छन् । बारेकोट  गाउँपालिका  शिर्पाचौरकी करुणा बुढामगरले पनि स्कूलको पढाइ छोडेर म्यादी प्रहरीमा आवेदन दिएकी छिन् । 
 ‘उताबाट परीक्षा आएपनि के गर्ने पैसा कमाउनु पर्यो त्यसैले म्यादी प्रहरीमा  आवेदन दिएँ’ करुणाले भनिन् । पढ्ने काम चुनाव सकिएपछि गर्नुपर्ला, उनले भनिन् । कक्षा ११को उनको परीक्षा स्थानीय तहको निर्वाचनकै कारण  जेठमा हुने सम्भावना छ ।
 ६ सय जना म्यादीका लागि खोलिएको आवेदनमा एक हजार ९ सय ७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेस रिमालले बताए । उनले १८ ÷१९  वर्षका युवाहरू बढी रहेको  बताए ।
 जिल्लामा रोजगारीको सम्भावना नभएका कारण धेरै युवाहरु विदेश जाने र अब स्कूल पढ्ने विद्यार्थीहरु समेत पढाई छोडेर रोजगारीको कामतिर लाग्नु राम्रो नभएको उद्योग वाणिज्य संघका महासचिव बुद्धिबहादुर खत्रीले बताए ।  
घरबारी बाँझै राखेर विदेश जाने, पढ्न छोडेर मज्दुरी र काम खोज्न जाने अवस्था आउनुले देशको भयावह अवस्थाको संकेत गर्छ, उनले  भने । 
 पढ्दै गरेका विद्यार्थीहरू पढाइ छोडेर जागिरका लागि भौतारिनु निकै  गम्भीर विषय भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताउँछन् । उनले राज्यको कम्जोर नीतिका कारण यस्तो गम्भीर समस्या आएको  बताए ।
 जिल्लाबाट अहिले ३० हजार बढी युवाहरू कामको खोजीमा भारत लगायतका अन्य मुलुकमा  बाहिरिएको सरोकारवालाहरू बताउँछन् ।  पढेका नपढेका सवै जनशक्ति बाहिरिएपछि कृषि उत्पादन निर्माण र अन्य क्षेत्रमा नकरात्मक असर पर्न थालेको उनीहरूको  चिन्ता छ ।  

प्रकाशित: २० चैत्र २०७३ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App