coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

के रोनाल्डोको रेकर्ड तोडिएला?

लन्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड टोडिनेछ।

पहिलो खेलमा आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक फरनान्डो सान्ताषले अस्ट्रियाविरुद्ध हुने आगामी खेलमा २ देखि ३ जना खेलाडी परिवर्तन गरेर मैदानमा उत्रने भएपछि उनी टोलीमा पर्ने सम्भावना बढेको हो ।

सान्चेज टिममा परेमा उनी पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबै भन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनको उमेर हाल १८ वर्ष ३०१ दिन रहेको छ। यस अघि रोनाल्डोले सन् २००४ को युरो कपमा १९ वर्षको उमेरमा राष्ट्रिय टिमबाट खेल्दै सबैै भन्दा कम उमेरका खेलाडीको रेकर्ड राखेका थिए।

सान्चेजले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेको एवं आफूभन्दा अनुभवी अरु मिडफिल्डर पनि भएकाले आफू खेल्न तयार रहेको उल्लेख गरे। प्रशिक्षक सान्तोषले सान्चेजलाई हंगेरीविरुद्धको खेलमा दोस्रो हाफमा मैदानमा उतारेका थिए।

प्रकाशित: ३ असार २०७३ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App