coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरी नियन्त्रण भित्र पूर्व प्रधानमन्त्री भट्टराईको धर्ना

काठमाडौं-  नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका छन्।  

पार्टीलाई निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै नयाँ शक्ति लगायका दलहरु आइतबार विहान निर्वाचन आयोग घेराउ गर्न पुगेका थिए। घेराउको क्रममा भट्टराई लगायत बैद्य माओवादीका नेता सीपी गजुरेल सहित ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई नेपाल पुलिस क्लब भित्र राखिएको छ।

ऐन संशोधन गरेर दलीय चुनाव चिन्ह नदिएसम्म संयोजक डा. बाबुराम भट्टराईसहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मा लगायत प्रहरी नियन्त्रणमा रहेका नेता कार्यकर्ताहरू नेपाल पुलिस क्लबभित्रै धर्नामा बस्ने नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए।

नेपालको संविधानको धारा २६९ (७०)(७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनु पर्ने प्रावधान विपरित स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको उनीहरुको भनाई छ।   

प्रकाशित: २० चैत्र २०७३ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App