७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

काठमाडौं- निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन चिन्ह नपाएका दलहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउको कार्यक्रम राखेका थिए।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै भट्टराई सहित २ दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुलाई २ नम्बर गणमा राखिएको छ।

'पूर्व प्रधानमन्त्री जस्तो नेताले निषेधित क्षेत्र तोड्नु भएन भनेर अनुरोध गर्यौ उहाले अरुले संविधान तोड्न हुने हामीले निषेधित क्षेत्र तोड्न किन नहुने भनेर अगाडि बढ्नु भयो', महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छवीलाल जोशीले भने, 'प्रहरीले कानुन अनुसार नियन्त्रणमा लियो'।',

प्रकाशित: २० चैत्र २०७३ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App