८ वैशाख २०८१ शनिबार
राजनीति

शान्ति सेना प्रमुख पाँचखालमा

पाँचखालस्थित बीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा अभ्यासको अवलोकन गर्दै संयुक्त राष्ट्र संघका सैन्य सल्लाहकार जनरल कार्लोस हम्बे्रटो लोईटी । तस्बिर सौजन्य: नेपाली सेना

काठमाडौं– नेपालमा जारी संयुक्त सैन्य अभ्यासको संयुक्त राष्ट्र संघ मुख्यालयको शान्ति सेना विभागका प्रमुख लेफनिनेन्ट जनरल कार्लोस हम्बे्रटो लोईटीले निरिक्षण गरेका छन्।

लोईटीले शनिबार काभ्रेको पाँचखालस्थित बीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पुगेर शान्ति प्रयास तेस्रोको निरीक्षण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्र संघ अन्तर्गत सहायक महासचिवको हैसियतमा रहने शान्ति सेना प्रमुख शान्ति सेनामा सैन्य सल्लाहकार(मिलिटी एडभाईजर) पदमा रहेका उरग्वे सेनाका उपरथी लोईटी पहिलो पटक नेपाल आएका हुन। राष्ट्र संघका महासचिव र सुरक्षा परिषद् अन्तराष्ट्रिय सुरक्षा सल्लाहकार र योजनाकारका रुपमा रहने सैन्य सल्लाहकारको नेपाल भ्रमण अभ्यासको सफलताका रुपमा रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सह–आयोजनामा चैत ७ देखि संचालित संयुक्त सैन्य अभ्यासमा  नेपाल सहित विभिन्न २८ देशका करिव एकहजार २४ जना सैनिकहरुले अभ्यासमा सहभागि छन्। पहिलो पटक  नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुईजना वरिष्ठ अधिकारी समेत अभ्यासमा सहभागी हुनेछन्। यस्तै पहिलो पटक महिला सैनिकहरुका दुई प्लाटुन समेत अभ्यासमा सहभागी छन्।

तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि कार्यक्षेत्रमा तैनाथ हुनु अघि संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एकआपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। अभ्यासमा सहभागिताका लागि  प्यासिफिक कमाण्डका कमाण्डर एडमाईरल ह्यारी बी ह्यारिस नेपालमै छन्। 

तालिम केन्द्रका केन्द्रपति महासेनानी प्रयोग शम्सेर राणाले शनिबार अभ्यासका बिषयमा जानकारी दिदै शान्ति प्रयासको तेस्रो संस्करण संयुक्त राष्ट्र संघले शान्ति प्रक्रियामा खटिने फौजका लागि लागू गर्ने तयारीमा रहेका नयाँ नियम र अभ्यासका बिषयमा केन्द्रीत हुने बताए । उनका अनुसार सहभागी २८ देशका सेनाले आफ्नो देश भित्र र बाहिर शान्ति प्रक्रियामा खटिदा गरेका अनुभव साटासाटका साथै शान्ति प्रक्रियामा देखिएका नयाँ चुनौती बिरुद्धका कारवाहीका बिषयमा अभ्यास गरेका छन्।

 

 

 

 

 

 

 

प्रकाशित: १९ चैत्र २०७३ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App