८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीद्वारा नै निर्वाचन आचारसंहिता उल्लंघन

गोरखा- उर्जामन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित पार्टीको कार्यक्रमा सहभागि भएका छन्। निर्वाचन आचारसंहिता उल्लङघन गर्दै माओवादी केन्द्रले आयोजना गरेको गोरखा नगर सम्मेलनमा मन्त्री शर्माले सहभागिता जनाएका हुन्। गोरखा भित्रने बित्तिकै आँबुखैरेनीदेखि मोटरसाईकल र ट्याक्सी र्‍याली सहित एकीकृत माओवादीका नेता कार्यकर्ताको स्कटिङमा सदरमुकाम आएका उनले नगर सम्मेलनमा प्रमुख बक्ताको रुपमा बक्तब्य दिएका थिए।

कार्यक्रममा बोल्दै उनले  स्थानीय तहको निर्वाचन कुनै पार्टीको हारजित भन्दा पनि संविधान कार्यान्वयनको पहिलो खुड्किलो भएको बताएका छन्। शनिवार गोरखा सदरमुकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको गोरखा नगर सम्मेलनमा प्रमुख बक्ताको रुपमा सहभागि उनले भने ‘निर्वाचन जसरी पनि गर्नुपर्छ, तोकिएकै समयमा हुनुपर्छ, जित र हार भन्दापनि निर्वाचन संविधान कार्यन्वयनको पहिलो खुड्किलो भएकाले जसरी पनि पुरा गर्नुको बिकल्प छैन।’

 निर्वाचन आरसंहिता उलंघन हुने डरले उनले आफ्नो भाषणका क्रममा आफु बुढीगण्डकी आयोजनाको अवस्थाबारे बुझ्न र बैठक गर्न आएको बताएका थिए। ‘बुढीगण्डकी आयोजनाको केही निर्णय गर्नुपर्ने भएकाले आएको हुँ, त्यही बेला पार्टीको यहाँ कार्यक्रम रहेछ अनी आएँ’ भाषणका क्रममा उनले भने। तर उनले आधा घण्टा बैठकमा सहभागी भएर तीन घण्टा पार्टीको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा समय दिएका थिए । सम्वोधनका क्रममा आफुले निर्वाचन संम्बन्धि धेरै बोल्दा पनि आचारसंहिता लाग्ने भन्दै उनले भाषणमा भने घुमाउरो शैलीमा एमाओवादीले गरेका राम्रा काम बताउन भ्याए। उनी आउने कुरा साताअघि देखि निकै प्रचारबाजी गरिएको थियो । झण्डावाला गाडी चढेर सदरमुकाम सम्म आएका उनी खाना खाएको होटलबाट भने निजी सवारीमा पार्टीको कार्यक्रम स्थल सम्म पुगेका थिए ।

उक्त सम्मेलनको मञ्चबाटै उनले बुढीगण्डकी आयोजनाको काममा उर्जा मन्त्रालयले विषेश ध्यान दिएको बताउँदै मुआब्जा बितरण, पुर्नवास पुनस्थापना, घर जग्गाको मूल्याङ्कन, स्तर फरक परेको जग्गालाई पुन ध्यान दिएर मुआब्जा बितरण गर्ने विषयमा छलफल भएको बताए । नेपालमा लोडसेडिङ नभएको बताउँदै उनले प्रावीधिक कारणले बत्ती आउने जाने भएपनि लोडसेडिङको रुपमा बत्ती आउने जाने समस्या नेपालमा नभएको जिकिर गरे । औद्योगिक क्षेत्रमा केही लोडसेडिङ रहेकाले त्यसलाई न्यूनिकरण गर्ने अभियानमा लागेको बताए।

प्रकाशित: १९ चैत्र २०७३ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App