८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पहिरोमा ११ जना पुरिए

जाकार्ता – इन्डोनेसियाको जाभा राज्यमा आएको बाढी पहिरोमा परी कम्तीमा ११ जना पुरिएका छन् । 
पहिरोमा पुरिएकाहरुको खोजीकार्य भइरहेको उद्धारकर्ताले शनिबार जानकारी दिएका छन् । 

पोनोरोगो जिल्लाको बानारान गाउँमा घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता सुटोपो नुग्रोहोले सिन्ह्वालाई जानकारी दिए। 

सैनीक, प्रहरी, स्थानीय उद्धारकर्मीसँगै स्वयमसेवक पहिरोमा पुरिएकाहरुलाई खोजी तथा उद्धारका लागि क्रियाशिल रहेका छन् । 

पुरिएको ठाउँसम्म पुग्न निकै गाह्रो भएकाले खोजी तथा उद्धारकार्यमा पनि कठिनाई भइरहेको सुटोपोले बताए । उद्धारका लागि ठुला मेसिनरी सामान आवश्यक भएको उद्धारकर्ताहरुको भनाइ छ । रासस/सिन्ह्वा 

प्रकाशित: १९ चैत्र २०७३ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App