७ वैशाख २०८१ शुक्रबार
कला

धुर्मुसको एकीकृत बस्तीमा भारतीय कलाकार

बलिउड हाँस्य कलाकार राजपाल यादव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरान्चौर एकीकृत बस्तीमा पुगेका छन् । अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’को सुटिङका लागि नेपाल आएका उनी सुटिङको क्रममा गिरान्चौर पुगेका हुन् ।

'बस्ती भ्रमण गर्नुभएकाेमा भारतीय अभिनेताप्रति अाभार' –धुर्मुस

 गिरान्चौरमा पुगेपछि उनले बस्ती निरीक्षण गर्नुका साथै स्थानीहरूसँग भेटघाट  गरेका थिए । उनलाई गिरान्चौरमा भेटेपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले  सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै अभार प्रकट गरेका छन् । उनले भनेका छन्,‘भारतीय अभिनेता राजपाल यादवको गिरान्चौर भ्रमणले हामीलाई काम गर्न थप प्रोत्साहित बनाएको छ । हामीले निर्माण गरेको बस्तीलाई सुन्दर ठहर्याइदिनुभएकोमा उहाँप्रति आभारी छौँ।’ 
अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’मा राजपालसँगै निता ढुंगाना, आर्यन अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्रको सुटिङ राजधानी सहित जोमसोम, मुस्ताङ र मुम्बईमा हुनेछ । 

 

प्रकाशित: १९ चैत्र २०७३ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App