१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यसरी हुन्छ सम्बन्ध बलियो

भावनात्मक र शारीरिक रूपमा जोडिएको सम्बन्धलाई बाहिर निकाल्न निकै गाह्रो हुन्छ । तर, सम्बन्ध अगाडि बढ्न नसकेको अवस्थामा पनि हामी आफूलाई कसरी खुसी राख्ने र सम्बन्ध कायम राखिरहने उपायको खोजीमा रहन्छौँ । यस्ता उपायको खोजी गर्ने क्रममा हामी अधिकांश गलत बाटो समातिरहेका हुन्छौँ, जसका कारण सम्बन्ध कायम रहन सक्दैन ।
 

एक्लो हुने डर
सम्बन्धमै रहेर दुःखी हुनुभन्दा एक्लो हुनु राम्रो हुन्छ । तपाईं खुसी हुनु हुन्न भने तपाईं आफ्नो साथीलाई पनि खुसी पार्न सक्नु हुन्न । तपाईंको साथी दुःखी छ भने तपाईंको दुःख झनै बढ्छ । यसरी तपाईंको दुःख दोब्बर हुन पुग्छ ।

अरु मान्छेले के भन्लान् !
तपाईंको सम्बन्धमा तपाईं र तपाईंको साथी गरी जम्माजम्मी दुई जना हुनु हुन्छ । यसमा बाहिरी मान्छेलाई कुनै स्थान दिनु आवश्यक छैन । तपाईंको सम्बन्धमा आइपरेको उतारचढावलाई झेल्ने तपाईं स्वयंले नै हो । बाहिरी मान्छे आएर तपाईंको दुःख बाँडिदैन । यसैकारण बाहिरी मान्छेलाई केही बोल्न अधिकार पनि हुँदैन । मान्छेले कुरा गर्लान् वा कुरा काट्लान– काट्न दिनोस् ! तपाईं सबैलाई खुसी पार्न सक्नु हुन्न ।

लामो समयदेखि साथै हुनु हुन्छ
सत्य के हो भने, तपाईं कुनै व्यक्तिसँग लामो समयदेखि साथै हुनु हुन्छ भने ऊसँग छुट्टिन साह्रो गाह्रो हुन्छ । तथापि, अवधि लामो हुँदैमा त्यसकै आधारमा सम्बन्धको श्रेष्ठताको मापन हुन सक्दैन– त्यसको अनुमान पनि गर्न सकिँदैन । तपाईं यदि आफ्नो सम्बन्धबाट खुसी हुनु हुन्न त हुनु हुन्न, किनकि यसबाट सम्बन्ध जति लामो भए पनि कुनै फरक पर्नेवाला छैन ।
सबै सम्बन्ध खराब हुन्छन् !

तपाईं यदि सबै सम्बन्ध खराब हुन्छन् भन्ने सोच्नु हुन्छ भने त्यो पूरापूर गलत सोच हो । तपाईंको जीवनमा कुनै असल सम्बन्ध हुन नसकेको किन नहोस्, सबै सम्बन्ध खराब कदापि हुँदैनन् । कुनै पनि खालको सम्बन्धमा एउटा फेजमा खराब वा उतारचढावको परिस्थिति आएको हुन सक्छ । यसको अर्थ त्यो होइन कि, त्यो सम्बन्ध खराब थियो ।

यो भन्दा राम्रो मलाई हुनै सक्दैनथ्यो
तपाईं अहिले जुनखालको सम्बन्धमा हुनु हुन्छ, त्यसभन्दा राम्रो व्यक्तिसँगको सम्बन्ध हुनै सक्दैनथ्यो भन्ने सोच गलत हो । तपाईं यदि दुःख हुनु हुन्छ भने यो भन्दा राम्रो सम्बन्धको अवसर अवश्य मिल्छ । हामी सबैलाई एउटा डर हुन्छ कि, अहिलेको सम्बन्ध जस्तोसुकै भए पनि यसबाट बाहिर आइयो भने म एक्लो हुन्छु । बिर्सन हुन्न– यदि तपाईं अहिले खुसी हुनु हुन्न भने बरु एक्लो हुनु राम्रो हुन्छ ।
नवभारत टाइम्सबाट     
 

प्रकाशित: १९ चैत्र २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App