नेपाल एडिक्ट बाबु छोरी

शनिबार, १९ चैत २०७३, १० : १६ चाँदनी हमाल

काठमाडौं– सन् २००१ मा राजा विरेन्द्र वीरबिक्रम शाहको बंशनाश हुनेगरी दरबार हत्याकाण्ड भयो । घटनाको ठीक एक हप्ता अघिको कुरा थियो । विरन्द्रका अति हितैसी मित्र थिए स्विस नागरिक टोनी ह्यागन । राजालाई भेट्न दरबार पुगे । साथमा थिइन् छोरी क्याट्रिन ह्यागन । वर्षेफूलहरु दरबारका बगैंचाभरी मुस्कुराएका । हरियालीसँगै मन्द मन्द चलेको बतासले नारायणहिटी दरबारका अग्ला रुखका टुप्पा घरि यता घरि उता कोल्ट फेर्दै गरेको याद छ क्याट्रिनलाई । त्यही हावाको चिसो चिसो अंशले क्याट्रिनका गोरा गाला सुम्सुमाइरहेका थिए । यताउता नजर डुलाउदै दरबारको मोहकता संगाल्दै बैठक कक्षमा पुगे दुई बाबुछोरी ।

देशका विभिन्न क्षेत्रमा भने बम र बारुदका धुवाँ मिसिएको हावा बहदैथियो । शसस्त्र द्वन्द्वको चर्किदो अवस्था । विकासको बाटोमा जानुपर्ने देश  द्वन्द्वको भुमरीमा फस्न खोज्दैथियो । राजा विरेन्द्र चौतर्फी छलफलमै थिए । ‘सबैलाई प्रजातान्त्रिक अधिकार दिनैपर्छ राजा के सोच्दैहुनुहुन्छ ?’ सोधे टोनी ह््यागनले । राजा विरेन्द्रले टाउका हल्लाए । जब देशमा कुनै समस्या वा असहज अवस्था आउँथ्यो । तब राजा विरेन्द्र यसैगरि आफ्ना हितैसीसँग सल्लाह लिन्थे । राजाले मौन रहेर टाउकामात्र हल्लाएपछि टोनी ह्यागन अलमलमा परे । ‘अब के गर्नुहुन्छ राजा ?’ मनसाय बुझ्न खोजे ह्यागनले । छेउमै दुइको वार्तालाप सुनिरहेकी छोरी क्याट्रिनको मनमा पनि उथलपुथल चल्दै थियो ,‘ के होला राजाको जवाफ ?’
अब भने राजा बिरेन्द्र मौन बसेनन् । ‘प्रजातान्त्रिक सिद्धान्त लागु गर्ने प्रयास गर्नेछु ’,गम्भिर मुद्रामा राजा विरेन्द्रले जवाफ फर्काए । त्यो भेटमा विग्रदो राजनीतिक परिस्थितीकै बारेमा दुइमित्रले छलफल गरे । ‘म त्यो दिन भुल्न सक्दिन,’ अहिले नेपालमा रहेकी क्याट्रिन भन्छिन् जातिय राज्य र नयाँ व्यवस्थाका समस्या नेपालमा थियो । तैपनी राजा विरेन्द्र समाधान चाहन्थे । फेरि भेट गर्ने बाचा सहित छुट्टिए दुइमित्र । बाबुछोरी स्विटजरल्याण्ड गए । त्यसको एकहप्ता वित्नै लाग्दा दरबार हत्याकाण्ड भयो । राजा विरेन्द्र र उनका सपरिवार मारिए । टोनी ह्यागनले विश्वासै गर्न सकेनन् । कल्पना बाहिरको हत्याकाण्डले उनी निकै तिलमिलाए ।

‘त्यो दिन नेपालकै लागि धेरै नराम्रो दिन थियो,’क्याट्रिन सम्झन्छिन् मेरो बुबा रुनुभयो राजा बिरेन्द्र सम्झेर ,म पनि रोएँ ।‘ टोनी ह््यागनका अनुसार राजा विरेन्द्र निकै भलादमी मात्र थिएनन् । देशको भलो चाहने राजा थिए । कुनै समुह र पार्टीका राजा थिएनन् । कुनै विचारको बन्दी थिएनन् । सबै नेपालीलाई एकै छातामुनी राख्न सक्ने स्वतन्त्र व्यक्तित्व थिए ।

त्यो घटनापछि ह्यागन नेपाल आउन त्यति मन गरेनन् । बिरामी भएर थलिएका उनीभित्र एकपटक नयाँ नेपाल हेर्ने चाहना भने थियो । उनी राजा विरेन्द्रले झै देशको विकासको बागडोर नयाँ पुस्ताले सम्हालोस भन्ने चाहन्थे । त्यसैले पुस्तक लेखे डिसेन्ट्रलाइजेसन एण्ड डेभलपमेन्ट पुस्तक ।
...
सन १९५० मा टोनी ह्यागन पहिलोपल्ट नेपाल आए । ठिटौले उमेरका ह्यागन नेपालको बैशालु मोहकता देखेर लोभिए । नेपालको हिमाल र पहाडले उनलाई यसरी तान्यो । त्यसपछि यहाँबाट उनको मन हटेन । उनी नेपाल एडिक्ट भए । उनको मनभरी नेपाल । तनभरी नेपाल । जहाँ जान्थे नेपालकै कुरा गर्थे । काम गर्र्दा नेपालकै लागि गर्थे । सन १९५२ मा पिताको हात समातेर नेपाल उत्रेकी क्याट्रिन चार वर्षकी थिइन् । दोस्रो पटक सन १९६२ मा नेपाल आउँदा भने उनी १४ वर्षकी थिइन् । ‘बल्ल मैले नेपाल चिने,’ उनी सम्झन्छिन ,‘अनि त जतिबेला बुबा नेपाल जानेकुरा गर्नुहुन्थ्यो म पछि लागिहाल्थे ।’
 पिताजस्तै नेपाल एडिक्ट भइन् क्याट्रिन पनि । उनको पनि मनभरी नेपाल । तनभरी नेपाल । पितासँग आउँदा हिमाल डुल्न उनले कमै पाउँथिन् । काठमाडौंमै उनलाई छाडेर ह्यागन हिमालका कुना कन्दरा धाउँथे । ‘तिमीले धेरै तालिम लिनुपर्छ हिड्न सक्दिनौ भनेर भन्नुहुन्थ्यो,’ क्याट्रिन पिताका कुरा सुनाउँछिन्  ,‘मलाई भने सिंगै नेपाल हेर्ने हुटहुटी भने लागिरह्यो ।’ पिता भुगोलका डाक्टर बने । छोरी क्याट्रिन स्वास्थ्य क्षेत्रको डाक्टर बनिन् । बाबुछोरीको क्षेत्र फरक । नेपालको तल्लो वर्गलाई उकास्ने सोच उस्तै । हिमाली भुगोल अध्ययन गर्ने क्रममा एकदिन टोनी ह्यागनले हिमाली ढुंगा बोकेर काठमाडौं आए । त्यसबाट गाउँका मानिसको आम्दानी बढाउने सोच उनको थियो । गाउँका शेर्पासँग आफ्ना पिताले सोधेको त्यो प्रश्नले आजपनि क्याट्रिनलाई झक्झकाउँछ ,‘यो ढुंगाको केही हुनसक्छ ?’ ह््यागनले सोधेका थिए । शेर्पाले जवाफ दिए ,‘ढुंगा त उता र यताको उस्तै हो ,ढुंगा यता ल्याउनुभन्दा उतै प्रयोग गर्नसके केही होला ।’ स्थानियको सोच सुनेर अचम्ममा परे ह्यागन । त्यस्ता खनिजपदार्थको उनले निकै खोजबिन गरे । रिपोर्ट तयार पारे ।
अर्को एकदिन सुदुरपश्चिमको एक गाउँका मानिसलाई टोनी ह््यागनले पाँच पाँच सय रुपैयाँ पैसा नै बाँडे । क्याट्रिनले अचम्म मानेर पितालाई प्रश्न गरिन् ,‘यो पैसा दिएर उनीहरुको विकास हुन्छ त ?’ टोनी ह्यागनले मुस्कुराउँदै भने,‘हुन्न तर यसरी आएको पैसा के मा खर्च गर्ने भनेर घरघरमा बहस हुनेछ त्यो बहस नै यो गाउँको विकासको शुरुवात हो ।’ भलै त्यो उनीहरुले अन्न वा लत्ताकपडाका लागि खर्च गरे वा कसैले रक्सी खाएर उडाए । तर दोस्रो वा तेस्रो पटक पाउँदा उनीहरुको सोचमा केही परिवर्तन आयो । गाउँभरीका मानिसको पाँच पाँच सय जम्मा गर्दा ठुलै रकम बन्थ्यो । टोनी ह्यागनको काम हेरिरहेका गाउँलेले गाउँकै हितमा खर्च गर्ने योजना बनाए । गाउँको बाटो,कच्ची पुल,पानी पँधेरा जस्ता दैनिक आवश्कता त्यतिबेला पहिलो प्राथमिकता बनेको क्याट्रिन बताउँछिन् ।
...
स्विटजरल्याण्डको प्रजातान्त्रिक इतिहास निकै पुरानो हो । जहाँ राजतन्त्रको अस्तित्व कहिल्यै रहेन । नेपालमा भने पटक पटक प्रजातान्त्रिक स्वरुपमा आइरहको परिवर्तन ह्यागन बाबुछोरीले साक्षात्कार गर्न भ्याए । राजनीतिमा हैन विकासमा प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता टोनी ह्यागनको थियो । पिताकै पथमा क्याट्रिन प्रतिवद्ध छिन् । राज्यसत्ताको शक्ति काठमाडौं केन्द्रीत भएपनि विकास भने काठमाडौं केन्द्रित हुनुहुन्न । गाउँ र जिल्लाले नै विकासमा निर्णय लिनुपर्छ । ह्यागनले लेखेका छन्,‘नेपाललाई प्रजातन्त्र फाप्दैन । फाप्नका लागि भुइँतहदेखि नै प्रजातन्त्रको तालिम दिनुपर्छ । नयाँ र अनुभव हिन प्रजातन्त्रका खतरा ।’
यदी उनीहरु परिवर्तन र शक्ति चाहन्छन् भने दुरदराजको विकास हुनैपर्छ ,क्याट्रिनको दाबी छ,‘जुन विकासमा विकेन्द्रीकरणबाटै मात्र सम्भव छ ।’
 पिताजस्तै क्याट्रिन नेपालका नयाँ पुस्ताप्रति आशाबादी छिन् । ‘उनीहरु नेपालका लागि केही गर्न सक्छन् तर नेपालमै बस्ने वातावरण चाहिन्छ ’, क्याट्रिन औंल्याउँछिन् ,‘धेरे सक्षम व्यक्तिहरु विदेशमा काम गर्न गएका छन् ।’ उनीहरुले देशमा रेमिट्यान्स त भित्र्याउँछन् । तर वास्तविक विकास भित्र्याउन सक्दैनन् । आफ्ना पिताले नेपालका लागि गरेका अध्ययन र परियोजनाहरु नेपालमै सुम्पने कार्यमा उनी तल्लिन छिन् । नेपाल के हो भनेर चिनाउन नेपालको चिनारी पुस्तकलाई नेपालीमै उल्था गरिन् । त्यसपछि विकेन्द्रीकरण र विकास प्रजातान्त्रिक सिद्धान्तको भुमिका अँग्रेजी संस्करणमा सन २०१२ मा ल्याइन् । त्यो हरेक नयाँ पुस्ताको हातमा परोस भन्ने चाहना क्याट्रिनको छ । विकास कसरी सम्भव छ भनेर नेपाल र स्विटजरल्याण्डको विकासका सम्भावनाको तुलना गरिएको पुस्तक मंगलबार नेपाली संस्करणमा सार्वजनिक गरिसकेकी छिन् ।

नेपालमा प्लेन उडाएर विकास हुँदैन उनको अनुभवले यही भन्छ यहाँ सडकबाटो नै चाहिन्छ । यहीको उत्पादन र स्रोत प्रयोग गर्न सकिन्छ । नेपालको विकास गर्न दशवर्ष बिसवर्ष हैन अझै सय वर्ष लाग्ने अनुमान ह्यागनले गरे अनुसार अहिलेबाटै प्रयास शुरु हुनुपर्नेमा क्याट्रिन जोड दिन्छिन् । पिताको पथमै उनले तयार गरेका स्वास्थ्य परियोजना नेपालका दुरदराजमा संचालन गरिरहेकी छिन् । ‘आगोले जलेका ,औला खसेका बिरामी दुरादराजमा धेरै छन,’उनी आफ्नो परियोजनाका बारेमा बताउँछिन्,‘त्यहाँ के औषधी र सेवा चाहिने हो त्यसको विपरित सरकारी सेवा संचालनमा छन् । ’
...
चारवर्षको उमेरदेखि नेपाल देखेकी क्याट्रि अहिले ६४ वर्षकी भइन् । उनका एक बैनी र एक भाइ छन् । उनीहरु आफ्नै संसारमा रमाउन मन पराउँछन् । क्याट्रिन भने वृद्ध उमेरको ख्याल नगरी सुदुर नेपालीका घाउमा मलमपट्टी गरिरहेकी छिन् । ताप्लेजुङमा केही अघि स्वास्थ्य टोली लिएर पुगिन् । अब बाजुरा पुग्दैछिन् । ‘नेपाली शान्तिप्रिय छन् विगतमा जे भयो अब त्यो अवस्था सुध्रिदै छ ’,उनको नेपाल हेराइको अनुभुतीले भन्छ,‘ यहाँको शासन व्यवस्थाको राम्रो नराम्रो भन्दा विकास कसरी गर्ने भन्ने पिताको ध्येय पुरा गर्न चाहन्छु ।’ फरक बाटो भएपनि उदेश्य उस्तै छन् । ह्यागनले सोचेजस्तै नेपालको पहाडलाई जोड्न रोप वे, सडक यातायात, खनिजपदार्थको प्रयोग, स्थानिय उत्पादनलाई प्राथमिकता, पर्यटन उद्योगको विकास जस्ता सम्भावनालाई नयाँ पुस्ताकोे काँधमा पार्न सक्रिय छिन् ।

विकाससँगै यहाँको मौलिक संस्कृतीप्रति टोनी ह्यागनको उस्तै चासो रह्यो । नेपालीपन र यहाँको कला संस्कृतीसँग  निकै नजिक थिए । उनले तयार गरेका सांस्कृती महत्वका पञ्चेबाजा, देवीनाँच, क्षेत्रीको बिहे, ओखलढुंगाका परम्परागत नृत्य, सुदुरपश्चिमका क्षेत्री नाँचका भिडियो फिल्म, त्यतिबेलाको अनुपम दृष्य झल्काउने फोटोहरु । भौगर्भिक महत्वका अध्ययन सामाग्रीहरु नेपालको विकासको संवाहक हुन् । त्यो धरोहर उनबकी छोरी नयाँ पुस्तामाझ प्रसारण गर्न चाहन्छिन् । सन २००३ मा दुर्घटना परेर निधन हुनुअघिसम्म पनि नेपालकै बारेमा सोचीरहेका थिए ह्यागन । गणतान्त्रिक नेपालको प्रादेशिक खाका पुराहुँदैछ । तर उतिबेलै ह्यागनले भनेका थिए,‘विकेन्द्रीकरणले मात्रै राजयलाई जनताको नजिक ल्याउँछ ,सामान्य नागरिकमा अपनत्वको भाव जगाउँछ अनिमात्र विकासको पथमा देश अग्रसर हुन सक्छ ।’
 नेपाल एडिक्ट पिताकी छोरी क्याट्रिन पिताकै लक्ष्यअनुसार नै नेपालको समृद्धी देख्नेमात्र हैन पुरा गर्ने प्रयासमा पिताले हिडेका गोरेटा पहिल्याउदैछिन् । सन १९५० देखि १९९६ सम्म टोनीले देखेको नेपाललाई भविष्यको समुन्नत नेपालमा रुपान्तरण गर्ने अभियन्ताका रुपमा छोरी क्याट्रिन अग्रसर छिन् । ‘म बाचुन्जेल नेपालको विकासलागि पिताकै पथमा हिड्छु,’ क्याट्रिन भावनात्मक मुडमा बोल्छिन् ‘स्विटजरल्याण्ड मेरो पहिलो घर अनि  नेपाल मेरो दोस्रो घर हो ।’

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad