coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने

काठमाडौं– बिमा कम्पनीले चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ । बिमा समितिले समय सीमा तोकेर चुक्ता पुँजी बढाउने निर्णय शुक्रबार गरेको हो ।

अब जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउनुपर्नेछ ।

यसअघि जीवन बिमा कम्पनीका लागि न्यूनतम ५० करोड र निर्जीवन बिमा कम्पनीको लागि २५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । २०७५ असार मसान्तसम्ममा नयाँ मापदण्डअनुसार पुँजी पु¥याउन बिमा समितिले निर्देशन दिएको छ । अहिले ९ जीवन र १५ निर्जीवन बिमा कम्पनी छन् ।
 

प्रकाशित: १९ चैत्र २०७३ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App