coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको लागि सहज राजनीतिक वातावरण बन्दै गएको बताएको छ। शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।  

भेटमा आयोग टोलीले आयोगले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी गराएको आयुक्त इश्वरी पौडेलले बताए। तय गरिएकै मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गराउन आयोगले युद्धस्तरमा काम गरिरहेको राष्ट्रपतिलाई प्रमुख निर्वाचन आयुक्त आयोदी प्रसाद यादवले जानकारी गराएका थिए।    

आयोग टोलीले मतपत्र छाप्ने काम सुरु भइसकेको, मतदाता अन्तिम नामावली प्रकाशन तयारीमा रहेको, मतदातालाई परिचयपत्र बाँडने तयारी पनि  भइरहेको, अधिकांश जिल्लामा मतदान केन्द्र निर्धारण भइसकेको लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएको थियो।

राष्ट्रपति भण्डारीले आयोगलाई उच्च नैतिकताका साथ काम गर्न आग्रह गरेकी थिइन्। उनले आयोगले गरेको तयारी प्रति सन्तुष्टि जनाउँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरापउन आग्रह गरेकी थिइन्।

यस अघि बिहीबार आयोगको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निर्वाचनको तयारीबारे जानकारी गराएको थियो।

 

प्रकाशित: १८ चैत्र २०७३ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App