८ वैशाख २०८१ शनिबार
समाज

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

नेपालगन्ज-सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार  बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ । रासस

प्रकाशित: २८ असार २०७३ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App