coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई नम्वर प्रदेशमा चुनावी रणनीति बनाउँदै एमाले

महोत्तरी-  नेकपा एमालेले बैशाख ३१ गते तोकिएको स्थानीय चुनावमा आफ्नो नेता कार्यकर्ताहरुलाई गाउँ गाउँमा पुगेर माहोल तताउन निर्देशन दिएको छ।

महोत्तरीको वर्दिवासमा सम्पन्न भएको एमालेको दुई दिने प्रदेश स्तरीय भेलाबाट मधेसमा चुनावी अभियानलाई प्रभावकारी बनाउन एमाले नेता कार्यकर्ताहरुलाई जनताको घर दैलोमै पुगेर चुनावी माहोल आफ्नो पक्षमा ल्याउन निर्देशन दिएको हो। स्थानीय चुनावलाई लक्षित गरेर एमाले नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नका लागि प्रदेश स्तरीय भेला सम्पन्न भएको नेकपा एमालेका स्थायी समिति सदस्य तथा दुई नं. प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए।

बर्दिवासमा विना कुनै अवरोध सम्पन्न भएको प्रदेश स्तरीय भेला निर्वाचन केन्द्रित रहेको प्रदेश संयोजक मण्डलले बताए।

भेलाबाट अगामी चुनावको सम्बन्धमा कसरी जाने , चुनावी माहोल कसरी निर्माण गर्ने, तराईका जनतामा चुनाव सम्बन्धी धारणा बुझ्ने र मधेसी मोर्चाको विरोधका वावजुद पनि आमजनतालाई आउँदो स्थानीय चुनावमा भाग लिने वातावरण बनाउन भेलामा निर्णय भएको मण्डलले बताए।

‘जनता चुनाव प्रति कत्तिको उत्साहित भएका छन् भन्नेबारे जिल्लागत रुपमै रिर्पोट लिएका छौं।’ मण्डलले भने ‘चुनावमा आफना नेता कार्यकर्ताहरुलाई ज्यादै सक्रिय भएर जनतालाई मतदान कसरी गर्ने गराउनका लागि प्रशिक्षित गर्ने कुरा गरिएको छ। ’

'मधेसी मोर्चा आवद्ध पार्टीका नेताकार्यकर्ताको व्यवहारबाट चुनावको लागि केहि असहज परिस्थिति छ , तर हामी सहज वनाएर लैजाने पक्षमा छौं', मण्डलले थपे ‘यो चुनाव मुलकको लागि हो , संविधान कार्यान्वयको लागि हो।’

 एमालेले २ नम्वर प्रदेशमा चैत्र ३० गते भित्रै आठ वटै जिल्लामा जिल्ला भेला वोलाएर चुनावी वातावरण वनाउने निर्णय गरिएको मण्डलले बताए।

भेलामा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी गरी दुई नम्बर प्रदेशका ८ जिल्लाका गाउँ किमिटिका प्रमुख र उप प्रमुख , नगर कमिटिको प्रमुख र उप प्रमुख , जिल्ला समितिका सम्पूर्ण सदस्य , क्षेत्रीय कमिटिका सदस्यहरु ,प्रदेश समितिका सदस्य , केन्द्रिय समिति सदस्य ,जनवर्गीय कमिटि ,केन्द्रिय निकाय , प्रदेश कमिटि ,एमालेका सम्पुर्ण विभाग र मधेसमा रहेका प्रतिनिधिहरु , पूर्व अञ्चल समितिका सदस्यहरु सहित गरेर एक हजार दुई सय नेता कार्यकर्ताको सहभागिता रहेको उनले बताए।

भेलाले दुई नम्बर प्रदेशमा तोकिएका एक सय २८ वटा स्थानीय तहमध्ये नेकपा एमालेले कम्तिमा सय वटामा चुनाव जित्ने निष्कर्ष निकालेको छ।

जिल्ला कमिटी सचिव भानुभक्त पोखरेलका अनुसार पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख योगेश भट्टराईलगायत केन्द्रीय स्तरका नेताको उपस्थिति रहेको भेलामा मधेसवादी दलका भूमिका र गतिविधिबारे बृहत छलफल भएको थियो।

प्रकाशित: १८ चैत्र २०७३ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App